Anmol K.C and Anna Sharma to jerryy songs, trailers with public whose? (photo feature)
विशाल चौतारी समाचार
काठमाडौ २०७१, कात्तिक २० बिहिबार । सदावहार अभिनेताको ट्याग पाइसकेका अभिनेता भुवन केसीको छोरा अनमोल केसी र मिस नेपालको कोरियोग्राफर रचना गुरुङ शर्माका छोरी आना शर्माद्धारा अभिनित चलचित्र ‘जेरी’को ट्रेलर सार्वजनिकमा दुबै कलाकारलाई आ–आफ्ना अविभावकले साथ दिएका छन् ।
अभिनेता भूवन केसी आफ्ना छोरा अनमोल केसीलाई साथ दिन कार्यक्रममा संगै रहे । अभिनेता केसीले छोरा अनमोलको तारिफपनि गरे । कार्यक्रममा बोल्दै अभिनेता भुवन केसीले भने– ‘म विदेश भ्रमणमा रहदापनि अनमोल(छोरा)ले खेलेको चलचित्र जेरी कहिले आउछ भनेर धेरै विदेशमा बसिरहनु भएका नेपालीहरुले भने । उसले पहिलो चलचित्र होस्टेलपछि धेरै सिनेमाको प्रस्ताव आएपनि गरेनन् । अनन्त आएर यही चलचित्रमा काम गर्न तयार भए’, अभिनेता भुवन केसीले छोराको बारेमा भने ।
उता मिस नेपालको कोरियोग्राफर रचना गुरुङ शर्माका दुई छोरीहरुलाई चलचित्रमा ठिक्ने उपाय सिकाइरहेकी थिइन् । अना र अमालिया शर्मा रचनाको छोरीहरु हुन् । कोरीयोग्राफर रचनाले भनिन्– ‘एनाको चाहना सानैबाट चलचित्र खेल्ने थियो । जुन चाहना अहिले आएर पुरा भएको छ ।’
कार्यक्रममा अभिनेता अनमोल केसी केही गम्भिर हुदै आफूले सानैबाट नेपाली चलचित्र क्षेत्रलाई बुझेको कारण अन्य कुरा सोच्न नसक्ने बताए । अनमोलले भने– ‘मेरो परिवारमा म जन्मन भन्दा अगाडीदेखी एक्सन र कट सुनेको थिए । त्यसैले म नेपाली चलचित्र क्षेत्रलाई एउटा उचाइमा पुर्याउन सधैं अग्रसर रहने छु ।’ त्यस्तै नव अभिनेत्री एना शर्माले स्टेजमा खासै बोल्न सकिनन् । पहिलो पटक चलचित्रमा काम गरेपनि टिम राम्रो भएकाले र होम प्रोडक्सनमा सिनेमामा बनेकोले काम गर्न सहज भएको बताईन् ।
त्यस्तै कार्यक्रममा बोल्दै निर्देशक हेमराज बिसीले दर्शकहरुको चाहना अनुसारको सिनेमा बनाउने प्रयास गरेको बताए । उनले पछिल्लो पुस्ताका टिनेजर केटाकेटीको मनोविज्ञानमा आधारित लभ स्टोरी सिनेमा बनाएको बताए ।
निर्देशक हेमराज वीसीको चलचित्र ‘जेरी’को गीत तथा ट्रेलर सार्वजनिक गरियो । मुस्ताङमा महंगो रकम खर्चेर खिचिएका चलचित्रका दृश्यलाई उपस्थित पत्रकारहरुले तारीफ गरे । यही प्रसंसाबाट दर्शकलाई पनि मनपर्न सक्ने निर्माण पक्षले विश्वास लिएको बताए । मनोज शेरचनको निर्माणमा तयार भएको चलचित्रको मुख्य आकर्षण अनमोल, हेमराज बिसी र पछिल्लो समय रिलिज भएको नरेन लिम्बुको गीत रहेको छ ।
[gss ids=”6230,6229,6228,6234,6232,6231″]
कात्तिक २८ गतेबाट देशभरका हलमा प्रदर्शनमा आउन लागेको चलचित्र ‘जेरी’को युनिटले प्रचारको नया तरिका अपनाउदै पत्रकार सम्मेलन सकिएपछि उपस्थित सबैलाई जेरी खुवाएको थियो ।
Anmol K.C and Anna Sharma to jerryy songs, trailers with public whose? (photo feature)
Starring Anmol K.C. , Anna Sharma, Amalia Sharma, Abhishek Man Sherchan, Yash SJB Rana .
Music: Naren Limbu, Written & Composed(Vocal): Hercules Basnet, Co-Producer : Samrat Prasad Gauchan, Producer : Manoj Sherchan, Writer : Samrat Prasad Gauchan & Hemraj BC Cinematographer : Shailendra D Karki, Colorist : Sudip Shrestha Sound design : Uttam Neupane Editor : Surendra Poudel, Director : Hemraj B.C.
प्रतिक्रिया