Bisal Chautari Logo

दुबई फेस्टिवलमा नेपाली कलाकारको सभागी

- १३ पुष २०७०, शनिबार १४:११ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, १३ पुस ।
दुबईमा आयोजना हुने ‘अन्तर्राष्ट्रिय कल्चरल फेस्टिवल–२०१४’ मा नेपाली कलाकार पनि सहभागी हुने भएका छन् । विश्वभरीका राष्ट्र सहभागी हुने फेस्टिवल २ जनवरीदेखि ३१ सम्म दुबईको दुबईसिटीमा हुदैछ । उक्त फेस्टिवलमा नेपालको प्रतिधिधित्व गर्दै आइतबार कलाकार दधिराम खड्काको संयोजत्वमा १० जनाको टोली त्यसतर्फ प्रस्थान गर्दैछ ।
सत्यवती कला केन्द्रका अध्यक्ष तथा नेपाल संयोजक खड्काले फेस्टिवलमा नेपाली मौलिकता झल्काउने लोक नृत्य तथा गीत संगीत प्रस्तुत गर्ने बताए । फेस्टिवलमा संयोजक खड्कालगायत गायक बुद्धि परियार ‘बुदे’, अस्तित्व स्वभिमान बिएम, सुरेशकुमार गुरुङ, तृप्ति खड्का, वीना रुम्बा, भविक्ष्य खड्का, बसन्ती मगर, छवि खड्का र सचिन वली ‘ज्योतिप्रसाद’ सहभागी हुदैछन् । गायक परियारले त्यहा नेपाली मौलिकता झल्काउने गीत प्रस्तुत गर्ने बताए । यस अन्र्तर्राष्ट्रिय फेस्टिवलको एसिया निर्देशकमा एभेरेष्ट नेपालका अध्यक्ष आरसी कोइराला रहेका छन् ।
फेस्टिवलमा सहभागी जनाउन आफ्ना कलाकारलाई राज्यले नै पठाउने गरेको छ । तर, नेपाली कलाकार भने आफै सहभागी हुदैछन् । ‘वास्तवमा राज्यले नै संयोजन गर्नु पर्ने हो’ नेपाल संयोजक खड्काले भने, ‘तर राज्यले वास्ता नगरेपछि हामी कलाकार आफै नेपालको प्रतिनिधित्व गरेर जादैछौं ।’ उनले सो फेस्टिवलमा सहभागिता जनाएर नेपाल र नेपाली संस्कृति विश्वभर चिनाउने अभिलाषा संयोजक खड्काले लिएका छन् । यसअघि चीन, श्रीलंका, सिंगापुर, बर्मालगायतका मुलुकमा आयोजना भएको यस्ता फेस्टिवलहरुमा नेपाली कलाकारको संयोजत्व गरिसकेका खड्काले भने, ‘दुबई अन्तर्राष्ट्रिय कल्चर फेस्टिवलमा सहभागी हुन पाउनु नै हाम्रो लागि ठूलो कुरा हो । यस कार्यक्रमबाट नेपाली मौलिक लोक संस्कृतिलाई विश्वमा फैलाउने अवसर पाएका छौं ।’ उनले टोली २ फ्रेबुअरीमा नेपाल पर्कने बताए ।

प्रतिक्रिया