Bisal Chautari Logo

सञ्जोगको ट्रेलर गीत सार्वजनिकमा निर्देशक भुर्तेलको चर्चा

- २० कार्तिक २०७१, बिहीबार ०२:४९ मा प्रकाशित


BEd prasad bhurtel nepali movie Sanjoog
विशाल चौतारी समाचार
काठमाडौ २०७१, कात्तिक २० बिहिबार । चलचित्र ‘सञ्जोग’ ले काठमाडौ, बागबजार स्थित सिटि म्याक्स हलमा हिजो एक औपचारीक कार्यक्रमको आयोजना गरी सिनेमाको ट्रेलर तथा गीत सार्वजनिक गरेका छन् ।BEd prasad bhurtel nepali movie Sanjoog
चलचित्रका मुख्य कलाकारहरु सबिन श्रेष्ठ र सुस्मा कार्की अनुपस्थित रहेको कार्यक्रममा चलचित्रका निर्देशक वेद प्रसाद भुर्तेलको निकै तारीफ भएको थियो । पछिल्लो समय लज्जा नामक सिनेमा डाइरेक्टरको रुपमा चर्चामा रहेका नवल नेपालले निर्देशक भुर्तेलको नाम जस्तै काम हेर्न चाहेको बताए । साथै उनले सिनेमा सफल्ताको समेत कामना गरे । त्यस्तै अर्का कलाकार प्रज्जवल गिरीले चलचित्रका बारे आफ्नो कुरा राख्दै सिनेमालाई यो स्थान सम्म ल्याउनका लागी धेरै कसरत गरेको बताए ।
त्यस्तै निर्देशक भुर्तेलले कार्यक्रममा बोल्दै सिनेमा राम्रो बनाउने प्रयास गरेको बताए । उमेश उप्रेती र रोशन उप्रेतीको संयुक्त लगानी रहेको चलचित्रमा पुष्कर भट्टको पनि अभिनय रहेको छ । अधिकांश दृश्य झापामा छायांकन गरिएको चलचित्रमा निर्देशक भुर्तेलकै पटकथा र संवाद, चन्द्र पन्तको दन्द्ध, गोविन्द राईको नृत्य र हरिनारायण चौधरीको छायांकन रहेको छ । सिनेमाको रिलिज मिति चाडै घोषणा हुने निर्माण पक्षले बताएको छ ।

[gss ids=”6220,6219,6218,6221″]

प्रतिक्रिया