Bisal Chautari Logo

संविधान भवनमा १ गीतको विमोचन किन ?

- १९ कार्तिक २०७१, बुधबार १५:२५ मा प्रकाशित


Why Constitution Hall 1 song released?
विशाल चौतारी समाचार
काठमाडौ २०७१, कात्तिक १९ बुधबार । बिशेषत: संविधान भवन संविधान निर्माणका लागी हो । तर आज संविधान भवमा एक एल्बमको विमोचन गरिएको छ । कारण थियो, प्रमुख राजनितीक दलहरुलाइ समयमै संविधान निर्माणका लागि दबाब दिने उदेश्यले निर्माण गरिएको गीत सार्वजनिकको । लोकनाथ सापकोटाको शब्द एवं स्वर रहेको सो गीतलाई सभामुख सुभाष चन्द्र नेम्वाङले सार्वजनिक गरेका थिए ।Why Constitution Hall 1 song released
लोकनाथ सापकोटाकै शब्दमा रहेको गीतमा समयमा संविधान निर्माण गर्न दलहरुलाई आग्रह गर्दै लेखिएको छ । सार्वजनिक भएको गीतको अनुसार तोकिएको मितीमा संविधान जारी नहुदा मुलुकमा आइपर्न सक्ने संकटको बारेमा समेत गायक एवं गीतकार सापकोटाले आफ्नो गीतका लयहरुमा उनेका छन् । गीतको विमोचन गर्दै सभामुख नेम्वाङले संविधान निर्माणका लागि सबै क्षेत्रबाट दबाब आएको बताउदै कलाकारहरुले पनि गीत मार्फत दबाब दिएर राम्रो काम गरेको प्रतिक्रिया दिए । सभामुख नेम्वाङले भने–‘कलाकारहरुले गीत मार्फत संविधान निर्माणका लागि दबाब दिनु राम्रो हो । यस किसिमका सिर्जनात्मक दबाबले समयमै संविधान निर्माण हुने सम्भावना बढ्छ ।’
यस गीतको विमोचन कार्यक्रममा अनुराधा कोइराला, राजेश हमाल, गायिका सुनिता दुलाल, लोकगायक धमेश दुलाल लगायतको उपस्थिती रहेको थियो ।

प्रतिक्रिया