Bisal Chautari Logo

दिपेन्द्रको मृत्युमा धेरै रोए (बाल्यकालको फोटो फिचर सहित)

- १४ पुष २०७०, आईतवार ०७:२० मा प्रकाशित


घरभित्र सेलिव्रेटी               प्रस्तुति : विशाल राई        
जानकी पन्थ (गितकार तथा संगितकार)
ब्रेकर : ‘गित रिलिज भएको करिव ५–६ महिनापछि मात्र मेरो घरपरिवारलाई सो गीत मैले नै लेखेको हो भनेर थाहा भएको थियो । घरपरिवालाई जब मैले सो गीत लेखेको थाहा भयो, त्यसपछि मैले महशुस गरे, कलाकारलाई परिवारको सपोर्ट कस्तो हुन्छ भनेर । संगितमा लागेर पहिलो पारीश्रमिकबाट पाएको ३ हजार पैसा दिदा बाबा रुनु भयो ।’
अहिले नेपाली साङगितीक क्षेत्रमा जुन मेरो नाम रहेको छ, त्यसको श्रेय मेरो घरपरिवारलाईपनि जान्छ । म सानो छदा साङ्गितिक क्षेत्रमा लाग्छु भन्ने केही सोच थिएन । 
तर मेरो पहिलो गित नै एसएलसी पास नभई नै रिलिज भएको थियो । ०६४ सालमा मेरो पहिलो गित रिलिज भएको थियो । चलचित्र ‘जिन्दगानी दर्पण छाया’का लागि लेखेको फस्ट गित नै चलचित्रको टाईटल गित रहेको थयो । सो चलचित्रको टाईटल गित ‘दुख्यो भन्न नपाईने’ बोलको गित रहेको थियो ।
म ५–६ क्लासमा अध्ययन गर्दादेखी नै गितहरु लेख्ने गजलहरु कोर्ने भईसकेको थिए । ९–१० क्लासमा अध्ययन गर्ने भईसक्दा म विभिन्न पत्रपत्रिका, एफएम रेडियोहरुमा प्रकाशन, प्रशारण हुने गर्दथ्यो । सोहि क्रममै लोकगीत लेख्ने प्रस्ताव आयो । लोक गायक कमल खनाल दाईले आफ्नो एल्वममा गीत लेख्न अनुरोध गरेपछी मैले ‘डाडा वारि घाम भयो डाडापारी घाम’ भन्ने बोलको गित लेखेको थिए । जुन गित बजारमा निस्कियो, त्यसपछि एकएक मिडियाहरुमा बज्न थाल्यो । एफएमहरुमा गायक, गायिकाको नामसंगै रचनाकारको नाम दिदा जानकी पन्थ भन्ने आउथ्यो । सो कुराहरु मेरो घरपरिवारले संगितमा सपोर्ट गर्दैनन्, भनेर लुकाएरै हिडेकी थिए । तर मेरो नाम घरपरिवारका सदश्यहरुले सुनेपछि मलाई सो गितको बारेमा सोध्न थाल्नुभयो, र भने । गित रिलिज भएको करिव ५–६ महिनापछि मात्र मेरो घरपरिवारलाई सो गीत मैले नै लेखेको हो भनेर थाहा भएको थियो । त्यो भन्दा अगाडिको समय सम्मपनि मलाई नेपाली साङगितिक क्षेत्रमा लाग्छु नै भन्ने चाहना थिएन । घरपरिवालाई जब मैले सो गीत लेखेको थाहा भयो, त्यसपछि मैले महशुस गरे, कलाकारलाई परिवारको सपोर्ट कस्तो हुन्छ भनेर । 
मेरो घरपरिवारमा बाबाममि, ३ जना दिदी र एक दाई र एक भाई गरी ८ जनाको परिवार रहेको छ । गुल्मि जिल्लामा जन्मिएकी म घरपरीवारमा कान्छि छोरी हु । मलाई घरपरिवारले जानु भनेर प्यारो नामले बोलाउनु हुन्छ । म घरपरिवारकी कान्छि छोरी भएकालेपनि एकदमै पुल्पुलीएर हुर्किएकि हु । म बच्चामा एकदमै बदमास थिए रे । मेरो बाल्यकालको धेरै घट्नाहरु रमाईलो रहेको छ । २ क्लासमा अध्ययन गर्दागर्दै एउटा क्लासमेट साथिसंग बिबाह गर्ने भनेर मन्दिर सम्म पुगेको थियौ ।मन्दिरमा गएर हामिले बिबाह गर्ने भनेर पुजारीलाई आग्रह गर्दा, घरपरिवारलाई बोलाउनु पर्छ भनेर पुजारीले घरमा लिएर जानु भयो । घरका सबै सदश्यहरु हामि बिबाह गर्न गएको भन्ने सुनेपछि सबैजना धेरै हास्नु भएको थियो । यस्तै क्रममा म ठुली भइसक्दापनि स्वर्गिय राजा दिपेन्द्र शाहसंग बिबाह गर्छु भनेर जिद्धि गर्ने गरेकी थिए । तर जब दरवार हत्या काण्ड भयो, त्यहि क्रममा मेरो किश्रावस्थाको सपनाहरु तुहिएर गयो । त्यहि बेला मलाई बाबाले भनेको कुरा याद आयो ‘जुनलाई हेर्न सकिन्छ तर छुन सकिदैन र पाईदैनपनि ।’ म दिपेन्द्रको मृत्युमा धेरै रोएकी थिए । 
म घरभित्रको काममा चाहि अलि अल्छि छु । मलाई घरभित्रका कामहर खासै केही आउदैन । किचेनको काम मात्र चिया बनाउनु आउछ । घरपरिवारको कान्छि छोरी भएकीले पुल्पिुलिएरै हुर्किए । घरमा खानाहरु बनाउनुपर्ने बाध्यता नभएकालेपनि मलाई भान्छाका कामहरु केहि आउदैन । काठमाडौमा आएपछिपनि मैले किचेनका कामहरु खासै गर्न परेन । होस्टेलमा बस्ने हुनालेपनि मलाई, किचेनमा गईरहनको जरुरी परेन । काठमाडौमा मेरो अङ्कल–आन्टि हुनुहुन्छ, उहाहरुपनि मेरो बाबाममि भन्दा कमि हुनुहुन्न । कहिलेकाही उहाहरुकोमा गएर केहि किचेमा काम गर्न थाल्यो, पदैन, बच्चै छस् भन्न थाल्नुहुन्छ । बरु मलाई घरबेबहारहरु चाहि राम्रोसंग थाहा हुन्छ । मैले साङ्गितिक क्षेत्रमा लागेर मेरो घरपरिवारलाई दिएको पहिलो कमाई, पहिलो चलचित्रको गित लखेर पाएको ३ हजार रुपैया बाबालाई दिएकी थिए । बाबा त्यो पैसा दिदा रुनु भएको थियो । 
म कलाकारीतामा जति नै सफल भएपनि मेरो घरपरिवारको चाहना चाहि म वलिक बनोस् भन्ने थियो । र मैलेपनि घरपरिवारको चाहना अनुसार सो चाहनालाई अपनाएकी थिए । र त्यो घरपरिवारको सपनापनि पुरा गर्ने मेरो चाहना रहेको छ । मेरो साङ्गितिक क्षेत्रलाई साथमा राख्दै सर्वोच्च अदालतको न्यायधिस बन्ने चाहना रहेको छ । र यस काममापनि म जोखिमहरु मोल्दै अगाडि बढ्नेछु । जस्तो साङ्गितिक क्षेत्रमा एउटी महिलाले केही गर्न सक्दिनन् भन्ने आरोपहरु थिए । 
अन्तमा म मेरो घरपरिवारका सबै सदश्यहरुलाई सहयोग र साथको लागि धन्यवाद भन्दै मलाई यस धर्तिमा जन्मदिनु हुने बाबाममिलाई भन्न चाहान्छु– म तपाईहरुको कोखबाट अर्को जन्ममापनि छोरी नै भएर जन्मन पाउ † कतै बाटोहरु विराएछु भने खबरदारी गर्न मेरो सबै घरपरिवारलाई आग्रह गर्दछु ।




 watch this bisal chautari youtube video

प्रतिक्रिया