Bisal Chautari Logo

पदका लागि पार्टीमा लागेको होईन – भुवन

- १४ पुष २०७०, आईतवार १६:५५ मा प्रकाशित


समानुपातिकमा पनि परेनन् भुवन
विशाल चौतारी समाचार 
काठमाडौं, १४ पुस । अभिनेता भुवन केसी अहिले एमालेले निकालेको समानुपातिक तर्फको नाममापनि नपरेपछि चर्चामा रहेका छन् । समानुपातिक तर्फमा निकालेको नाममा आफु नपरेपनि अभिनेता भूवनले पार्टी परित्याग नगर्ने बताएका छन् ।

हिजो आईतवार काठमाण्डौको रिपोर्टस क्लबमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै अभिनेता भूवनले आफू पार्टी प्रति प्रतिबद्ध रहेको बताए । र आफू समानुपातिक तर्फबाट सभासद बन्न नसकेपनि पार्टीको निर्णयबाट खुशी रहेको बताएका छन् । उनले प्राविधिक कारणले आफू समानुपातिकमा अटाउन नसकेको जानकारी पाएँ पनि त्यसको विस्तृत अर्थ भने थाहा नपाएको बताए । अभिनेता भुवनले  नेकपा (एमालेलाई भन्दा व्यक्तिगत रुपमा आफु कलाकार भएको नाताले भोट दिएका लाखौं मतदाताहरुलाई समानुपातिक तर्फबाट पनि चयन नगर्दा उहाहरुलाई ठूलो आघात परेको बताए ।
नेपाली चलचित्र उद्योगलाई सम्मान गर्दै नेकपा एमालेले जुन स्थान दिदंै प्रत्यक्षमा र त्यसपछि समानुपातिकमा आफ्नो नाम बन्द सुचिमा पठाएकोमा थियो, त्यो सम्पूर्ण चलचित्र उद्योगमा एक प्रकारको सकारात्मक उत्साह देखिएको अभिनेता भुवनले बताए । तर पार्टीले त्यो उत्साह कायम राख्न नसकिएकोमा सिंगो चलचित्र उद्योगमा निराशा भएको आफुले महसुस गरेको बताए । आफु संविधान सभामा प्राविधिक कारणले अटाउन नसकेतापनि संविधान सभामा गएर सम्बोधन गर्ने चलचित्र उद्योग र चलचित्रकर्मीहरुको माग र समस्याहरुलाई पार्टी मार्फत संविधान सभामा पुर्‍याउने प्रतिवद्धता कार्यक्रमबाटै व्याक्त गरे ।
पत्रकार सम्मेलनमा केही उदास र निराश भरिएको अनुहारमा उपस्थित भएका अभिनेता भुवनले आम जनताले आफुलाई संविधान सभाको भवन भित्र देख्न चाहेको बताउँदै उनीहरुको भावनामा ठेस लागेको बताए । पार्टिले प्रतिबद्धता गरे अनुसार संविधान निर्माण गरेको खण्डमा त्यो नै आफ्नो लागि खुशीको पल हुनेपनि अभिनेता भुवनले बताएका छन् । उनले विभिन्न पार्टीका नेता तथा जनताले आफू सभासद बनेको हेर्न चाहेको बताउँदै सबैलाई निराश नहुन आग्रहपनि गरेका छन् । मुलुककै चचिर्त स्थान काठमाण्डौ क्षेत्र नम्बर १ बाट पार्टीले टिकट दिनु नै कला जगतको सम्मान भएको बताए । भुवनले भने –‘पाएको उम्मेदवार खोसिदा अपमान महशुस नगरेकोपनि बताए । चुनावका बेलाको पहरुलाई सम्झदै अभिनेता भुवनले भने–‘नेताहरुको चुनावी अभियानमा मैले दिन–रात नभनी सहयोग गरेको थिए ।’ अभिनेता भुवनले चुनाव जित्नुको पछाडी आफ्नो पनि केही भूमिका रहेको बताउन खोजे ।

प्रतिक्रिया