Bisal Chautari Logo

हेल्थ क्याम्पलाई सघाउदै ‘प्रोडुसर’ सामाजिक काममा

- १४ पुष २०७०, आईतवार १७:०१ मा प्रकाशित


विशाल चौतारी समाचार 
काठमाडौँ, १४ पुष । आउदो माघ १७ गतेबाट देशब्यापी रुपमा प्रर्दशनमा आउन लागेको नेपाली चलचित्र ‘प्रोडुसर’ले सरकारी स्कुलमा पढ्ने बालबालिकको स्वास्थ्य जाँचमा सहयोगी काम गरेको छ । नेपाल कम्युनिटी हेल्थ एन्ड सोसियल सभिर्स सेन्टर (एनसिएचसी)को संयोजकत्वमा चलचित्र ‘प्रोडुसर’ र दावली मिलन केन्द्रले उक्त हेल्थ क्याम्पमा सहकार्य गरेका हुन् ।
आइतवार काठमाडौंको ज्ञानेश्वरमा रहेको ज्ञानविकास निम्न माध्यामिक विद्यालयमा एनएचसी स्कुल हेल्थ प्रोगामसँग सहकार्य गर्दै सामाजिक कार्यमापनि चलचित्र ‘प्रोड्युसर’ अघि बढेको हो । ज्योतिराज राईको पछिल्लो चलचित्र ‘प्रोड्युसर’ले पछिल्लो समयमा सामाजिक काममापनि अग्रसर भएको पाउँदा कार्यक्रमका प्रमुख अतिथी तथा उद्योगपती नुर प्रताप शाहले खुसि व्याक्त गरे । 
चलचित्र ‘प्रोड्युसर’का निर्माता तथा चलचित्र निर्माता संघका अध्यक्ष राजकुमार राईले चलचित्र र स्वास्थ्यको अन्र्तसम्बन्ध रहेको बताए । राईले भने,–‘चलचित्रले पनि रमाइलो प्रदान गरेर स्वस्थ राख्न सहयोग गर्दछ । त्यसैले स्वास्थ्य र चलचित्रको अन्र्तसम्बन्ध रहेको छ ।’ सरकारी विद्यालयका विद्यार्थीहरुको चेकजाँचमा सहयोग पुर्‍याउन पाएको खुशी प्रकट गरे । चलचित्रको विदेश प्रदर्शनबाट प्राप्त हुने कुल रकमको खर्चहरु कटाएर १० प्रतिशत पैसा वालवालिकाहरुको हेल्थ कार्यमा लगानी गर्ने राईले बताए । अध्यक्ष राईले कार्यक्रममा बोल्ने क्रममा नेपाली र हिन्दी सिनेमालाई नदाँज्न आग्रह गर्दै करोडौ बजेटमा बनेका सिनेमासँग नेपाली सिनेमा दाँजेर हेर्न नमिल्ने बताए ।
जनकदिप पराजुलीले निर्देशन गरेको यस चलचित्रमा अभिनेता विल्सन विक्रम राई, बाबु बोगटी, श्याम राई , श्याम अर्याल, पायल रायमाझी, स्वेता भट्टराइको मुख्य भूमिका छ । चलचित्रले नेपाली सिनेमा भित्रकै कथालाई उठान गरेको बताइएको छ ।
watch this video

प्रतिक्रिया