Bisal Chautari Logo

मुद्धा लिएर आए सुरज

- १५ पुष २०७०, सोमबार ०७:३३ मा प्रकाशित


विशाल चौतारी समाचार 
काठमाडौं, १५ पुस । गायक सुरज श्रेष्ठ यतिखेर ‘मुद्धा हालिदिन्छु’ भन्दै बजारमा उत्रिएका छन् । उनको मुद्धा कुनै व्यक्ति विषेशलाई नभई ‘सुर’ एल्बममा समावेश सुरजको दोस्रो चर्चीत गीत हो ।
सुरज श्रेष्ठको स्वरमा सजिएको गीत मुद्धा हालिदिन्छुको म्युजिक भिडियोले यतिखेर मिडियाहरुमा प्रसिद्धी कमाइरहेको छ । दिपक शर्माको संगीत र राज सरगमको शब्दले भरिएको यस गीतको म्युजिक भिडियोमा मोडल अकेशा विष्टको साथमा दृश्य सुवेदी र स्मारिका श्रेष्ठको पनि अभिनय रहेको छ ।
हरि हुँमागाइको छायांकन रहेको भिडियोलाई प्रकाश तुलाधरले सम्पादन गरेका छन्, भने भिडियोलाई रुद्र बोहोराले निर्देशन गरेका हुन् । त्यस्तै राजन इशानको एरेन्ज रहेको छ । यस अगाडि ‘एउटा कुरा’ बोलको म्युजिक भिडियोबाट पनि निकै सफलता हासिल गरेकोमा सुरज यति बेला यस म्युजिक भिडियोका कारण चर्चामा छन् । उनि भन्छन्–आगामी दिनहरुमा गीत संगीत सृजनाका लागी पहिलो एल्बमको सफल्ताका कारण काम गर्ने प्रयाप्त उर्जा मिलेको छ ।’

प्रतिक्रिया