Bisal Chautari Logo

बितेका पल’को भव्य प्रिमियर शो, नेता तथा कलाकारहरुले भने–पुस २६ गते सिनेमा हेर्न नछुटाउनु (फोटो फिचरसहित)

- १५ पुष २०७०, सोमबार ०८:१९ मा प्रकाशित


विशाल चौतारी समाचार 
काठमाडौ, १५ पुस । यस वर्षको निकै आसा गरिएको चलचित्र ‘बितेका पल’ले पुन: एउटा नया काम गरेको छ । आम चलचित्रकर्मी तथा पत्रकारहरुको लागि नेपाली चलचित्रको प्रिमियर अनौठो र नौलो बन्दै गइरहेको समयमा चलचित्र ‘बितेका पल’ले सो काम गरेर देखाएको छ ।
चलचित्रको प्रदर्शन अगावै सिनेमा देखाउँदा विभिन्न किसिमका समिक्षाका कारण निर्माताहरु प्रिमियर गर्न डराउँदै आएको समयमा चलचित्र ‘बितेका पल’का निर्माता राजेश घतानीले सिनेमा प्रति पूर्ण रुपमा आत्मविश्वास जनाउदै प्रदर्शन हुनुभन्दा करिब २ साता अघि नै चलचित्र ‘बितेका पल’को भव्य प्रिमियर हिजो आईतवार काठमाण्डौमा गरेका छन् । पछिल्लो समयका चर्चित र सफल निर्देशकको रुपमा उभिएका सुरज सुब्बा ‘नाल्बो’ निर्देशित यस चलचित्रलाई काठमाण्डौको बीग सिनेमा घरमा भव्यताका साथ प्रिमियर गरिएको थियो । चलचित्र ‘बितेका पल’ को प्रिमियरमा नेपाली चलचित्र क्षेत्रका अभिनेता, अभिनेत्री, रङ पत्रकार, चलचित्रकर्मी तथा राजनीतिक दलका नेताहरुको बाक्लो उपस्थिती रहेको थियो । 
चलचित्रका मुख्य कलाकारहरु अभिनेत्री केकी अधिकारी, अभिनास गरुङ र बाबु बोगटीको अभिनयको तारीफ गरिएको थियो । चलचित्रको प्रिमियरका लागि चलचित्रका नव कलाकार अभिनाश गुरुङ दार्जलिङबाट नेपाल आएका थिए । उनको अभिनयलाईपनि धेरै कलाकार तथा चलचित्र हेर्न पुगेका दर्शकहरुले मनपाराएको बताए । त्यस्तै अभिनेत्री केकी अधिकारीको अभिनयको तारिफ उनकै समकालिन् अभिनेत्रीहरुले गरीरहेका थिए । चलचित्र ‘बितेका पल’ हेर्न पुगेका एकिकृत नेकपा माओवादीका नेता बर्षमान पुनले महिला पात्र(केकी अधिकारी)को सशक्त अभिनय रहेको भन्दै सबैलाई सिनेमा हेर्न आग्रहपनि गरे । यस्तै अभिनेता तथा गायक समेत रहेका बाबु बोगटीको भूमिकालाई पनि सबैले खुलेरै प्रशंसा गरे । चलचित्र पौष २६ गतेबाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘बितेका पल’ को बारेमा प्राय कलाकारहरुले एउटै शब्द बोले –‘लामो समय पछि एउटा उत्कृष्ट नेपाली चलचित्र बनेछन् ।

  watch this youtube video

प्रतिक्रिया