Bisal Chautari Logo

बलिउड सिनेमा निर्देशक श्याम बेनेगलले काठमाडौंमा सुनाए सिनेमा शैली

- १७ कार्तिक २०७१, सोमबार १७:२३ मा प्रकाशित


Bollywood film director Shyam benegalale Kathmandu, told Cinema Style

ब्रेकर : ‘नेपाली सिनेमाले आफ्नो दिगो भविष्यका लागि भारत र पाकिस्तानजस्ता ठूला बजारसाग सहकार्य गरेर अघि बढ्नुपर्ने श्याम बेनेगलले बताए ।’

विशाल चौतारी समाचार
काठमाडौ २०७१, कात्तिक १७ सोमबार । बलिउड सिनेमाका पुराना चर्चित निर्देशक श्याम बेनेगल सोमबार काठमाडौंको ओस्कार कलेजमा सुनिएका छन् । यी पाका निर्देशकले चलचित्र, मनोविज्ञान, बक्सअफिस, समाज र पात्रबारे अनुभव र ज्ञान सुनाए । Bollywood film director Shyam benegalale Kathmandu, told Cinema Style
भारतीय दुतावास र अस्कर कलेजले आयोजना गरेको अन्तक्रियामा बेनेगलले नेपाली चलचित्रमेकर, विद्यार्थी र तन्नेरीसाग छलफल गरे । उनले नेपाली सिनेमाले आफ्नो दिगो भविष्यका लागि भारत र पाकिस्तानजस्ता ठूला बजारसाग सहकार्य गरेर अघि बढ्नुपर्ने बताए । ‘हामीले युरोपेली सिनेमा समाप्तीको अनुभवबाट बुझ्नुपर्ने कुरा, आफ्नै बजारबाट चल्न कठिन हुने भएकाले नेपालले विदेशी बजार खोज्नैपर्छ’ बेनेगलले सुझाए, ‘उस्तै संस्कृति भएका भारत र पाकिस्तानसाग मिलेर नेपालले संयुक्त लगानीमा चलचित्र बनाउनुपर्छ । समान भोगाइ र अनुभव भएका पात्रहरुको उठान पनि कन्टेन्टमा गर्न सकिन्छ ।’
कलाकारप्रति बेनेगलको मान्यता बुझनु जरुरी छ । उनी भन्छन् –यो गर र ऊ गर भनेर सिकाइरहनुपर्ने व्यक्ति अभिनेता हुनसक्दैन । अभिनेता त्यो हो जसले म के र किन गर्दैछु भनेर बुझनसक्छ ।’ उनले नेपाली सिनेमा निर्मातालाई विश्वदृष्टि आगाल्न आग्रह गरे । ‘तपाईंहरुले ग्लोबल सेन्सबाट फिल्म बनाउनूस, कुनै भाषा केन्द्रित फिल्म होइन’ बेनेगलको सुझाव छ, ‘तपाईंलाई कुनै महंगो सिनेमाको खााचो छैन ।’ उनले प्रत्येक अभिनेताभित्र लुकेको खास गुणलाई निर्देशकले चिन्न सक्नुपर्ने बताए । ‘प्रत्येक अभिनेतामा खास गुण लुकेको हुन्छ । त्यसलाई चिनेर मात्र बाहिर निर्देशकले ल्याउन सक्नुपर्छ । नत्र त्यो अभिनय कृत्रिम हुनजान्छ’ बेनेगल सुनिए ।
निर्देशकमा प्रविधिको ज्ञान र अनुसन्धान गर्ने रुचि पूर्वसर्त भएको उनको कथन छ । ‘यो कुनै मेकानिकल प्रोसेस होइन’ उनले भने, ‘यो मानवीय मनसाग अन्तक्रिया गर्ने प्रविधिको शैली हो । तपाईंको सफलता कसरी मान्छेको हृदयसाग भलाकुसारी र स्पर्श गर्नुहुन्छ भन्नेमा निर्भर हुन्छ ।’ फिल्ममा कथा भन्ने शैलीलाई बेनेगलले तीनरुपमा व्याख्या गरे । ‘कोहीले शिक्षकको शैलीमा कथा भन्छन् । कोही मान्छेलाई आदेश र निर्देशन दिएको मनपर्छ । कोहीलाई साथीभाईजस्तै कथा भनेको मनपर्छ र कोही मगन्तेजस्तै कथा भन्न रुचाउाछन् । यी सबै कुरा दर्शकको रुचिमा भरपर्छ’ उनले भने । के तपाईं कम्युनिष्ट हो ? भन्ने प्रश्नमा बेनेगलले भने, ‘होइन, म कम्युनिष्ट होइन । म असल चलचित्र निर्माता हुन संघर्ष गरिरहेको बताए । एउटा असल फिल्ममेकरको भूमिका समाजका असमानताविरुद्ध बोल्नु पनि हो’ उनले भने । चलचित्रकर्मीलाई सामाजिक मुद्दाहरुमा ध्यान दिन पनि उनले अपिल गरे । सातपटक भारतको राष्ट्रिय अवार्ड जितेका बेनेगलले आफू निर्देशित एउटा फिल्म पनि आफ्ना प्रिय नभएको बताए । भारतीय दुतावासले गर्न लागेको अर्को एक अन्तक्रियामा पनि बेनेगलले सहभागिता जनाउने भएका छन् ।

प्रतिक्रिया