Bisal Chautari Logo

२ करोडमा सकियो राजेश र केकीको ‘बागमती’

- १५ कार्तिक २०७१, शनिबार १६:१० मा प्रकाशित


Rajesh Hamal and Keki Adhikari nepali movie Bagmati
विशाल चौतारी समाचार
तस्विर विशाल राई
काठमाडौ २०७१, कात्तिक १५ शनिबार । नेपाली सिनेमाको हकमा निकै महंगो बजेटमा तयार भएको चलचित्र ‘बागमती’को आज इन्ड क्ल्याप गरिएको छ । काठमाडौंको युनियन हाउसमा पत्रकार सम्मेलनको आयोजना गर्दै चलचित्र निर्माणा पक्षले करिब ४५ दिनमा छायांकन सकिएको जानकारी गराएको थियो । Rajesh Hamal and Keki Adhikari Bagmati nepali movie
कार्यक्रममा बोल्दै अभिनेता राजेश हमालले ‘बागमती’मा डुबेर अभिनय गरेकोले राम्रो चलचित्र बनेको अनुभव सियर गरे । Rajesh Hamal and Keki Adhikari nepali movie Bagmati (1)भने अभिनेत्री केकी अधिकारीले पनि यो चलचित्र यूनिटसाग जोडिन पाउादा खुशी लागेको बताइन् । कार्यक्रमका प्रमुख अथिती रहेका चलचित्र पत्रकार संघका अध्यक्ष शान्तीप्रियले चलचित्र युनिटलाई सिनेमा सकाएको प्रति बधाइ दिए ।
चलचित्रमा अभिनेता राजेश हमाल, शिव श्रेष्ठ, मुकुन्द श्रेष्ठ, केकी अधिकारी, ध्रुव कोइराला, कञ्चन ठकुरी, लगायतका कलाकारको अभिनय छ । यही चलचित्रबाट रविकार घिमिरे र श्रेया कार्की नव कलाकारको रुपमा भित्रिएका छन् । चलचित्रका कलाकार बाहेक प्राविधिक तथा निर्देशक सबै दक्षिणा भारतीय सिनेमाबाट ल्याइएको छ । यो चलचित्रलाई पूर्ण मनोरञ्जनात्मक, पारिवारिक, सन्देशमुलक भनिएको छ ।Rajesh Hamal and Keki Adhikari nepali movie Bagmati (2)
चलचित्रको छायांकनका लागि प्रयोग भएका सम्पूर्ण प्राविधिक र प्रविधीहरु दक्षिणा भारतबाट नै ल्याइएको चलचित्र निर्माण पक्षले बताएको छ । चलचित्र निर्माण पक्षले बताए अनुसार सिनेमाको पोष्ट प्रोडक्शन पनि दक्षिणा भारतका चचिर्त स्टुडियोमा गर्ने जनाएको छ । नेपाली चलचित्रमा आज सम्मकै सबैभन्दा महंगो बजेटमा बागमती बनेको दाबी यसको निर्माणपक्षले गरेको छ । कार्यक्रममा बताइए अनुसार चलचित्रको छायांकनसम्म २ करोड सकिएको दाबी निर्माणपक्षले गरेको छ ।
ट्री इन्टरटेन्मेन्टको ब्यारनमा तयार भएको चलचित्रमा कथा तथा निर्देशन सन्नी (केरला)को छ, भने चलचित्रका निर्माता दिनेश दर्शनधारी हुन् । चलचित्र बागमतीको प्रदर्शन माघे संक्रान्तिमा गर्ने निर्माणापक्षले लक्ष्य लिएको छ । साथै चलचित्र पत्रकार संघ, पत्रकार कल्याण कोषको प्रायोजनार्थ चलचित्र युनिटले सिनेमा प्रिमियरको दिन रु. ३०,१११ रुपैया नगद पत्रकार कल्याण कोषमा जम्मा गरिदिनेपनि कार्यक्रममै घोषणा गरिएको छ ।

प्रतिक्रिया