Bisal Chautari Logo

खोटाङमा नवजात शिशु मारेर फाल्ने एक महिला पक्राउ

- १५ कार्तिक २०७१, शनिबार ०३:५० मा प्रकाशित


khotang diktel news
विशाल चौतारी समाचार
काठमाडौ २०७१, कात्तिक १५ शनिबार । परपुरुषसागको यौन सम्बन्धबाट जन्मिएको शिशु मारेर फाल्ने खोटाङकी एक महिला पक्राउ परेकी छिन् । परपुरुषसागको यौन सम्बन्धपछि रहेको गर्भबाट जन्मिएको शिशु मारेर फाल्ने रतन्छा–४ बुतेपाकी ४१ वर्षीया तीर्थकुमारी राई पक्राउ परेकी हुन् ।khotang diktel news
उनले परपुरुषसागको यौन सम्पर्कबाट जन्मिएको शिशु बिहीबार जन्मनासाथ मारेर फालेको स्थानीयबासीले जनाएका छन् । स्थानीयका अनुसार तीन छोराकी आमा तीर्थकुमारीले स्थानीय कुमार राईको घर पछाडिको ट्वाईलेट भित्र शिशु जन्माएर फालेकी थिइन् ।
विगत सात/आठ वर्षदेखि श्रीमानसँग भेट नगरेकी तीर्थकुमारीले आफ्नो गल्ती ढाकछोप गर्न शिशु जन्मनासाथ मारेर फालेको खुल्न आएको प्रहरीले जनाएको छ । शिशु मारेर फाल्नासाथ बिहीबार साँझ पक्राउ परेकी तीर्थकुमारीविरुद्ध ज्यान मार्ने उद्योग अन्तरगत मुद्दा दर्ता गरेर कारबाही गरिने जिल्ला प्रहरी कार्यालय खोटाङका प्रहरी नायव उपरीक्षक विनोदराज खरेलले बताउनुभयो ।
मृत शिशुको शव परीक्षणका लागि जिल्ला अस्पताल खोटाङ ल्याइएको छ भने, तीर्थकुमारीलाई जिल्ला प्रहरी कार्यालयको प्रहरी हिरासतमा राखिएको छ । उनीसँग यौन सम्बन्ध राख्ने परपुरुषको खोजी कार्य थालिएको प्रहरीले जनाएको छ ।
उनको तीन भाइ छोरामध्ये एक जना वैदेशिक रोजगारीको सिलसिलामा विदेशमा रहेका छन् । सात/आठ वर्षदेखि बाहिर–बाहिरै बस्दै आएका उनको श्रीमान हाल काठमाडौंमा रहेको स्थानीयको भनाइ छ ।

प्रतिक्रिया