Bisal Chautari Logo

नेता, कलाकार र पत्रकारले मनपराए ‘स्टूपिड मन’ (फोटो फिचर सहित)

- १३ कार्तिक २०७१, बिहीबार १४:१२ मा प्रकाशित


stupid man nepali movie
विशाल चौतारी समाचार
काठमाडौ २०७१, कात्तिक १३ बिहिबार । गत ७ गतेबाट प्रदर्शनमा आएको चलचित्र ‘स्टूपिड मन’लाई नेता र पत्रकारले मनपराएको बताएका छन् । चलचित्र निर्माण पक्षले हिजो काठमाण्डौको कुमारी हलमा नेतादेखी चलचित्र पत्रकार र केही कलाकारहरुलाई देखाएको थियो । stupid man nepali movie
चलचित्र ‘स्टुपिड मन’ को विशेष शोमा नेपाली काङग्रेसका वरिष्ठ नेता कृष्णप्रसाद सिटौला, चलचित्र युनिट, चलचित्रकर्मी र मिडियाकर्मीको बाक्लो उपस्थित रहेको थियो । stupid man nepali movie (1)चलचित्र हेर्न सिनेकर्मिमा निर्देशक नरेश पौड्याल, अभिनेता तथा निर्देशक सुदर्शन थापा, ऋषि लामिछाने, जोयश पाण्डे, गायक स्वरुपराज आचार्य, अभिनेत्री पुजा शर्मा लगायत उपस्थित रहेका थिए । शोमा सहभागी अधिकाशंले चलचित्र ‘स्टुपिड मन’ मन परेको प्रतिक्रिया दिए । निरज बरालको प्रस्तुतीमा विवेक शाहीले निर्माणा गरेको चलचित्रमा हेरेपछि प्राय सबैले प्रशंसा गरे । कार्यक्रममा अभिनेता निरज बराल र उनकी पत्नी विशेष चर्चामा देखिए । अभिनेता जिवन लुइटेल भने चलचित्र प्रचारका लागि मोफसल पुगेका कारण विशेष शोमा सहभागी हुन पाएनन् । थाइल्याण्डका रमणिय दृश्यमा छायांकन गरिएको चलचित्रमा जीवन लुइटेल, निरज बराल, चाादनी शर्मा, रिज्जु श्रेष्ठ, माटिर्न खानको मुख्य भूमिका छ ।
चलचित्र ‘स्टुपिड मन’मा रगं पत्रकार समेत रहेका लेखक सामिप्य तिमिल्सिनाको पटकथा तथा संवाद रहेको छ । लेखक तिमल्सिनाको पटकथा तथा संवादको तारिफ भयो । नव अभिनेत्री चादनी शर्माको कामलाईपनि सबैले तारिफ गरेका छन् । प्रेम कथाको यो चलचित्रले थाइल्याण्डमा गैर कानुनी तबरले बसेको एक यूवक र त्यहा नै रहदै आएकी एक यूवती, धनी परिवारको बिग्रोल यूवक र उसैको मायामा परेकी एक यूवतीको कथा वरिपरी घुमेको छ । चलचित्रको सुरुदेखी अन्तिम सम्मको पाटोलाई राम्रो रहेको प्रतिकृया दिएका छन् । चलचित्रको दोस्रो भागदेखी केही कमजोर रहेपनि समग्रमा भन्दा राम्रो सिनेमा बनेको समिक्षकहरुले बताएका छन् ।
उता गीतसंगीतका मामलामा संगीतकार अर्जुन पोखरेलको कामलाई सबैले तारिफ गरेका छन् । चलचित्रमा चाहिने भन्दा बढि हिन्दी भाषाले केही असर पारेको छ । केही पत्रकारहरुले बताए अनुसार चलचित्रमा हिन्दिको ठाउमापनि अंग्रेजि नै प्रयोग गरेको भए राम्रो हुनेपनि बताए । धेरै भाषा प्रयोग हुदा दर्शकलाईसमग्र चलचित्र बुझ्न गाह्रो पर्छ । संजय लामाको छायाकनलाईपनि सबैले तारिफ गरे । चलचित्रमा अष्ट महर्जनको दन्द्ध निर्देशन छ भने अभिनेता निरज बराल सिनेमाका निर्माता समेत हुन् ।
चलचित्रले कम हल पाए अनुसार ब्यापार भने राम्रो गरिरहेको छ । बलिउड बादशाह साहरुख खानको बहुचचिर्त चलचित्र ‘ह्याप्पी न्यू इयर’ छविराज ओझाको ‘लज्जा’का कारणाले पनि यो सिनेमाले हल कम पाएको हो ।

[gss ids=”6065,6071,6067,6069,6064,6070,6068,6066,6063″]

Film: Stupid Mann
Artist: Niraj Baral, Riju Shrestha, Jeewan Luitel, Chadani Sharma
Music: Arjun Pokhrel,Karan Raj Karki
Production: Suva Films Pvt Ltd
Choreographer: Kabiraj Gahataraj
Editor: Dirgha Khadka
Fight : Astha maharjan
Promo design: Shahil Khan
Screenplay: Samipya Raj Timilsena
Lyrics Dayaram Pandey, Diwakar Bhattari ,Arjun Pokharel
Producer: Niraj Baral/Bibek Shahi
Direction: Diwakar Bhattrai

प्रतिक्रिया