Bisal Chautari Logo

इन्फा अवार्डमा ‘हाउ फन्नि’को प्रहसन

- ११ कार्तिक २०७१, मंगलवार १५:५२ मा प्रकाशित


Malvika Subba ‘How Funny’ nepali movie
विशाल चौतारी समाचार
काठमाडौ २०७१, कात्तिक ११ मंगलबार । हालसालै हङकङमा आयोजित इन्फा अवार्ड २०७०मा पुर्व मिस नेपाल माल्भिका सुब्बाले निर्माण गर्न लागेको चलचित्र ‘हाउ फन्नि’को प्रहसनले प्रशंसा बटुल्न सफल भएको छ । मंङ्सिर ३ गतेबाट छायांकनमा जान लागको चलचित्रको कथाबस्तु झल्किने किसिमको प्रहसनले निकै फाइदा पुगेको चलचित्रका निर्देशन निलु डोल्मा शेर्पाले बताइन् । उनका अनुसार चलचित्रको कथावस्तुलाई पात्र सहित प्रस्ट्याउदा दर्शकबाट आएको प्रतिक्रियाले चलचित्रको टिमलाई थप अगाडी बढ्न हौसाएको मिलेको छ । Malvika Subba ‘How Funny’ nepali movie
निर्देशक शेर्पाको अनुसार यस किसिमको तरिका हलिवुड र बलिवुडमा प्राय अपनाउने गर्छन् । तर हामिकहाा यस्तो तरिका कमैले मात्र अपनाउछन । हङकङमा गरिएको चलचित्रको प्रहसनले चलचित्रलाई फाईदा पुगेको निलुले बताइन् । चलचित्रमा दयाहाङ राई, निशा अधिकारी, र अनुप विक्रम शाहीको मुख्य भूमिका रहेको सिनेमामा प्रियंका कार्की र केकी अधिकारी जासुसुको भूमिकामा देखिदैछन् ।

प्रतिक्रिया