Bisal Chautari Logo

योजनाको संगितमा योगदान दिने योजना

- १८ पुष २०७०, बिहीबार ११:४६ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, १८ पुस ।
पछिल्लो समयमा नेपाली साङ्गितिक क्षेत्रमा एल्बम ल्याउने कलाकारहरुको संख्या बढ्दै गएको छ । प्राय संगितमा लागेर एल्बम ल्याउने कलाकारहरुको आ–आफ्नै योजनाहरु हुन्छन् । तर गायिका योजना पुरीको भने नेपाली साङ्गितिक क्षेत्रमा उल्लेख्य योगदान दिने योजना रहेको छ । त्यसैले उनि पेसाले पत्रकार भएपनि लामो संगितको शिक्षा लिएर एकल एल्वम ‘मनै त हो’ लिएर आएकि छिन् ।
केहि समय अगाडी लिएर आएको एल्वम ‘मनै त हो’ दर्शक, श्रोताहरु माझमा योजनाको कामलाई मनपराएर एल्बमका प्राय सबै गितहरु मनमा बस्न सफल भएको छ । गायिका योजनाको निकै महत्वकाक्षि रुपमा ल्याएकि यस एल्वममा सबै कसिमका गितहरुमा समेटेर रोमान्टिक गितहरु समावेश गरिरएको गायिका योजनाले बताइन् । पच वर्ष अगाडि गायिका योजनाले तारा लिम्वुको साथमा सामुहिक एल्वम ल्याएका थिए । त्यहि समयमै सो एल्वमको ‘घरै हाम्रा पुर्वाञ्चल’ बोलको गित दर्शकहरुले निकै मनपराएका थिए । दर्शकहरुको त्यहि एल्बममा दिएको साथको कारणलेपनि दर्शकहरुको चाहना बमोजिम एल्बम पुन: ल्याएको गायिका योजनाले बताईन् । गायिका योजनाको साङ्गितिक क्षेत्रमा धेरै पैसा कमाउने नभएर समाज र सस्कृति जगेर्णा गर्नेपनि योजना रहेको छ । उनका अनुसार एल्बमका सबै गितहरुमा उत्तिकै मेहेनत गरेकालेपनि सबै गितहरु दर्शकहरुले रुचाउने विश्वास रहेको गायिका योजनाले बताईन् ।
६ गित समावेश गरिएको एल्वममा ‘मनै त हो, झन्डै बिर्सेछु, घारघुर, तिमी भए, मुस्कुराई बस तिमी र मखमली चोली बोलको गितहरु समावेश गरिएको छ । एल्वममा सन्तोष खनाल, केदार धिताल, दीपक दशनामी र शिवराज गौतमको शब्द रहेको छ, भने राम सिटौला, जन्म राई, हरि लम्साल, अर्जुन पोखरेल, सन्तोष दुमी र दिपक दशनामीको संगित रहेको छ । एल्बमलाई ब्रिश म्युजिक प्राईभेट लिमिटेडले बजारमा ल्याएको हो ।

प्रतिक्रिया