Bisal Chautari Logo

थ्रीडी प्रविधी मार्फत ‘शोले’ नेपालमा पाहिलो चोटी चल्ने

- १८ पुष २०७०, बिहीबार १४:१५ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, १८ पुस ।
बलिउड चलचित्र जगतकै सबैभन्दा सुपरहिट चलचित्र ‘शोले’ नेपालमा चल्ने भएको छ । चलचित्रका अभिनेता धमेन्द्रले नेपाली बफदार हुने भन्दै कुकुरसँग तुलाना गरेपछि बलिउडकै चचिर्त चलचित्र ‘शोले’ नेपालमा प्रदर्शन हुनबाट रोकिएको थियो ।
तर लामो समयपछि ‘शोले’लाई थ्रीडी प्रविधी मार्फत प्रदर्शन गर्न लागिएको हो । भारतसँगै यो चलचित्र नेपालमा पनि प्रदर्शनमा आउनेछ । करिब २५ करोडको लगानीमा ‘शोले’लाई थ्रीडी प्रविधी मार्फत दर्शकमाँझ ल्याउन लागिएको हो । नेपालमा करिब ६० पर्दामा प्रदर्शनमा आउन लागेको यो चलचित्रलाई दर्शना आट्सले नेपाल वितरणको जिम्मा लिएको छ । रमेश सिप्पीको निर्देशनमा तयार भएको यो चलचित्रमा नेपालमा थ्रीडी र टूडीमा प्रदर्शनमा आउनेछ । अमिताभ बच्चन, धमेन्द्र, हेमा मालिनी लगायतका कलाकारले अभिनय गरेको यो चलचित्रले बलिउडमा थुप्रै रेकर्डहरु बनाएको थियो । अहिलेपनि चलचित्र ‘शोले’लाई बलिउडमा सबैभन्दा राम्रो र सफल चलचित्रको रुपमा मानिन्छ ।

प्रतिक्रिया