Nirmar Sharma Acting leave the direction of the busy movies
विशाल चौतारी समाचार
काठमाडौ २०७१, कात्तिक ९ आइतवार । २२ वर्षको उमेरदेखी नेपाली कलाकारीता क्षेत्रमा रहेका गैडा उपनामले परिचित चर्चित हास्य कलाकार निर्मल शर्मा यस वर्ष चलचित्र निर्देशनमा ब्यास्त रहने बताएका छन् । विशाल चौतारीसंग कुराकानी गर्ने क्रममा कलाकार शर्माले सो कुरा बताएका हुन् ।
आफुले बनाएको ५ चलचित्र सुपर फ्लप भएपनि पछिल्लो चोटि निर्माण गरेको चलचित्र छ एकान छ भने सफल रहेको बताए । नेपाली चलचित्र एउटा क्षेत्रमात्र भएको बताउदै शर्माले भने–‘चलचित्र उद्योग भनेर यहा धेरै हंगामा गरिन्छ । तर यही उद्योगमा कुनैपनि कलाकारले एउटा पेषाको रुपमा अंगाल्न सकेको छैन । एकदुई जना कलाकारहरुले एउटा पेषाको रुपमै अंगालेका होलान्, तर प्राय जसो कलाकारहरुले कलाकारीतालाई पेषाको रुपमा अंगाल्न सकेका छैनन् ।’
६० भन्दा बढी चलचित्रमा अभिनय गरिसकेका कलाकार निर्मल शर्मा नेपाली चलचित्र क्षेत्रमा २२ वर्षको उमेरदेखी लागेपनि आफुलाई ‘तितो सत्य’ले चिनाएको बताए । कलाकार शर्माको पछिल्लो चोटी अभिनय गरेको चलचित्रहरु ‘होस्टेल रिर्टन्स’ र लव यु बाबा रहेका छन् ।
६०–७० वटा भन्दा विज्ञापनहरु निर्देशन तथा केहीमा अभिनय समेत गरिसकेपछि कलाकार निर्मल शर्मा अहिले चलचित्र निर्देशनमा लागेका छन् । शर्माले बताए अनुसार यो वर्ष निर्देशनमा ब्यास्त रहने छन् । नेपाली चलचित्र बन्न भन्दा अगाडी फरक धारको चलचित्र बनाउदैछु भनेर धेरै चर्चा हुने शर्माले बताए । भने –‘तर चलचित्र हेर्दा केही फरक पाइन्न । तर मैले बनाउने चलचित्र फरक छ भन्दिन । फरक किसिमको चलचित्र बनेको छ या छैन, त्यो चाही चलचित्र रिलिज भएपछि दर्शकहरुले बताउने छ । मैलेपनि चकलेट नामक चलचित्र बताएको छु । जुन चलचित्र हाम्रै समाजको कथा छ । सडक बालबालीकाको कथामा आधारीत एउटा सानो चलचित्र भन्न रुचाउछु म’, कलाकार शर्माले बताए । दरबार मार्गको खातेहरुको बिहानैदेखी उठेर बेलुकी सम्मको कथालाई चलचित्रले समेटेको छ । सभा दुई घण्टाको चलचित्र चकलेट अहिले एडिटिङमा रहेको छ । यस चलचित्रलाई फेब्रुअरी फष्ट विक हङकङमा रिलिज गरिनेपनि कलाकार शर्माले बताए । त्यहापछि क्रमैसंग युके अमेरीका हुदै विभिन्न देशहरुमा रिलिज गरिनेपनि शर्माले बताए ।
आफुले बनाउने चलचित्रहरु रिलिज अगाडी नै लगानी सेक्वेयर गरेर मात्र बनाउने शर्माले बताए । सानो बजेटको साधारण कथामा चलचित्र बनाउनेपनि उनले बताए । त्यस्तै चलचित्र अर्को चलचित्र निर्देशनमापनि शर्मा ब्यास्त हुने बताएका छन् । एउटा मरेको आत्माको कथामाथी चलचित्र बन्ने शर्माले बताए । मरी सकेके आत्माले चलचित्रमा अभिनय गर्ने बताए । पुस महिनादेखी सुटिङ हुने चलचित्रको अहिले कलाकारहरु छनौट हुने काम भइरहेको शर्माले बताए ।
प्रतिक्रिया