Bisal Chautari Logo

सास्कृतिक कार्यक्रममा रुपकुमारले नचाए, गणेशले हसाए (फोटो फिचर सहित)

- ७ कार्तिक २०७१, शुक्रबार ०६:१४ मा प्रकाशित


rupkumar rai, ganesh ishara, neelam roju rai, padam rai thulung

कल्याण, निलम, पदमलगायतको गायन सहित आकर्सक नृत्यहरु

विशाल चौतारी समाचार
काठमाडौ २०७१, कात्तिक ७ शुक्रबार । रथोङमा रोमली स्मृती अक्षयकोष स्थापनार्थ गरिएको देउसी भैलो तथा सास्कृतिक कार्यक्रममा कलाकारहरुले भव्य प्रस्तुती दिएका छन् । केही दिन अगाडी काठमाडौको एक हलमा थुलुङ राई समुदायको भाषा, धर्म, संस्कृती, साहित्य, संगीत र इतिहासको संरक्षण सम्र्वदन तथा विकास गर्न संगीतको माध्ययमबाट योगदान दिन चर्चित कलाकारहरुदेखी नव कलाकारहरुको सम्म जमघट थियो । rupkumar rai, ganesh ishara, neelam roju rai, padam rai thulung
थुलुङ राई सास्कृतिक कलाकार संघले आयोजना गरेको कार्यक्रममा प्रमुख अतिथी तथा राष्ट्रिय गानका रचनाकार ब्याकुल माइलाले कार्यक्रममा बोल्दै बधाइ दिए । औपचारीक कार्यक्रमको पश्चात सास्कृतिक कार्यक्रमको सुरुवात गरिएको थियो । कार्यक्रमको अन्तमा प्रस्तुती दिएका चर्चित गायक रुपकुमार राईको प्रस्तुती सबैभन्दा भब्य रहेको थियो । गायक रुपकुमारले दुई गीत गाउने भनेर आएपनि कार्यक्रममा वान्समोरको कारणले ४ चोटी गाए । उनको चर्चित गीत रामसाइली दुई पटक दोहोर्‍याएरै गाएका थिए । गायक रुपकुमार राईले स्टेजमा गाउदा दर्शकदिर्घामा बसेका सबै दर्शकहरु स्टेजमा आएर नाचेका थिए ।
कार्यक्रमको सुरुवातीमा चर्चित गायिकादय पार्वती राई र सरला राईले नाना छापारी बोलको गीतबाट कार्यक्रमको सुरुवात गरे । दुई गायिकाको प्रस्तुतीलाई दर्शकहरुले वान्समोर भनेपछी थप दुई गीत गाए । कार्यक्रममा अगाडी बढाउने क्रममा थुलुङ राईको संस्कृती झल्कने गीतहरुमा कलाकारहरुले नृत्य गरेका थिए ।
उता केही समय अगाडी मात्र हरपल नामक एल्बम लिएर नेपाली साङगीतिक क्षेत्रमा भित्रिएकी संगीतकार, गायिका तथा गीतकार निलम रोजु राईको प्रस्तुतीलाईपनि दर्शकहरुले नाचिनाचि वान्समोर भनेका थिए । गायिका रोजुले आफ्नो एल्बममा समावेश दुई गीत गाएकी थिइन् । कार्यक्रममा चर्चित युवा ह्यान्डसम गायक पदम राईको प्रस्तुतीपनि दमदार रर्‍यो । कार्यक्रम सञ्चालकले एउटा कलाकारको अगाडीको नाम गायक जस्तै आफ्नो अगाडीको नाम ह्यान्डसम छुटाएको बताए । पदमले आफ्नो एल्बममा समावेश गीत नै गाएका थिए ।rupkumar rai, ganesh ishara, neelam roju rai, padam rai thulung (7)
त्यस्तै नेपाली हास्यब्याङग्य क्षेत्रमा निकै लामो समयदेखी योगदान दिदै आएका चर्चित हास्य अभिनेता गणेश इशाराले उपस्थित दर्शकहरुको पेट मिचिमिची हसाए । उनको हास्य प्रस्तुतीसंगै उता अर्का हास्यब्याङग्य अभिनेता मान्य सदश्य ज्यु नामले परिचित लोक गायक कल्याण राईले देउसी भट्ट्याएर उपस्थित सम्पुर्ण दर्शकहरुलाई स्टेजमै तान्न सफल रहे ।
त्यस्तै अर्का गायिका सबु राईको प्रस्तुतीलाईपनि उपस्थित दर्शकहरुले मनपराएका थिए । कार्यक्रममा अन्य धेरै कलाकारहरुले प्रस्तुती दिएका थिए । कार्यक्रम २ बजेदखि ४ बजेसम्म चल्ने भनिएपनि ६ बजेको थियो । यस कार्यक्रममा चर्चित गायिका आभा मुकारुङ राई, गायक तथा संगीतकार राई नविन, गीतकार टिका चाम्लिङ, अभिनेता निर्भिक राई लगायत उपस्थित रहेका थिए ।

[gss ids=”6017,6009,6019,6018,6007,6016,6015,6014,6013,6012,6011,6010,6008″]

प्रतिक्रिया