Bisal Chautari Logo

हिमाल माथि लुडिबुडी गर्दै बुद्ध क्यानभाषमा (फोटो फिचर सहित)

- १९ पुष २०७०, शुक्रबार ०९:१८ मा प्रकाशित


काठमाडौं, १८ पुस । हिमालको माथिल्लो तह बादल, त्यो बादल भन्दा माथिबाट हेर्दा लाग्छ बुद्ध हासिरहेका छन् । मानौ: त्यहि देखी आफ्ना शिष्यहरुलाई अर्थि उपदेश दिइरहेका छन् । यो उपदेश दिइरहेको प्रसंग हो, मिथिला ये आर्ट ग्यालरीमा प्रर्दशन भईरहेको Bk nar bahadurको एकल आर्ट एक्जिबिसनको । 
गत पुस १६ गते मंगलबारको दिनबाट सुरुवात गरिएको आर्ट प्रर्दर्शनिलाई ‘हिमालयन चार्म’ अर्थात आर्कषक हिमालहरु भनेर नामाङ्कन गरिएको छ । मिथिला ये आर्ट ग्यालरिको भित्ताभरी २० वटा क्यानभाषहरु चारैतिर आ–आफ्नै किसिमका भाकाहरुमा रमाईरहेका थिए ।नेपाललाई हिमाल र बुद्धको नामबाट अझ विश्वसामु चिनाउने आर्ट कलाकार बि.केको रहेको छ । र प्रर्दशनीको  उद्देश्यपनि यहि रहेको उनले बताए । हेरक वर्षमा एक चोटी मात्र सोलो आर्ट प्रर्दशनी गर्ने गरेका कलाकार बि.के नर बहादुरले अहिले सम्म एकल आर्ट प्रर्दशनी ७ वर्ष अगाडिदेखी गरिरहेका छन् । कलाकार नर बहादुर आर्ट कलाकारीतामा लागेको १५ वर्ष भएको बताउछन् । यस भन्दा अगाडि स्कुले जिवनमापनि आर्टमा धेरै चासो राख्ने गरेको कुराकानिमा बताए । सानै उमेरदेखी आर्टमापनि बिशेष रुपमा हिमाल तथ प्रकृतिसंग रमाउने गरेको कलाकार बि.के नर बहादुरले बताए । 
हरेक वर्षहरुमा आफुले आर्ट प्रर्दशनिमा केहि न केहि नया कामहरु गर्न रुचाउने भएकाले यस वर्षको आर्ट प्रर्दशनीका लागि विशेष रुपले अध्ययन गरेर हिमाल र बुद्धलाई जोडेर प्रर्दशनी गरिएको नर बहादुरले बताए । हिमाको फेदीहरु प्राय सधै आर्टमा आएपनि हिमाल भन्दा माथिको दृश्यहरुलाई क्यानभासमा नउतारीएकाले हिमालहरुको दृश्य हेर्न धेरै चोटी हेलिकप्टरमा गएर अध्ययन गरेको बताए । माथिबाट हिमाल र बादलको मिलन एउटा सुन्दर सन्सार जस्तो देखीने कलाकार नर बहादुरले बताए । ति सुन्दर संसारमा बुद्धले आफ्ना शिष्यहरुलाई अर्थि उपदेश दिईरहेको जस्तो देखीने बताए । त्यहि सुन्दर संसारलाई क्याभासमा उतारीएको कलाकार बि.के नर बहादुरले बताए । प्रर्दशन भईरहेको आर्ट प्रर्दशनिका सञ्चालक तथा आर्ट कलाकार श्याम सुन्दर यावदले आर्ट सम्वन्धमा छोटो विश्लेशण गरे । भने–‘यस आर्ट प्रर्दशनीमा कलाकार बि.के नर बहादुरले सर्वसाधरण मानिसहरुको आखामा नदेखिएको रंगहरु र हिमाल र बादल माथिको मनोरम दृश्यहरुलाई क्यानभाषमा उतारीएको छ ।’ यस्तै बरिष्ठ आर्ट कलाकार गेहेन्द्रमान अमात्यले प्रर्दशन भईरहेको आर्टहरुको बारेमा बोल्दै ‘एसिया महादेशकै लागि नेपालको हिमाल पर्वतहरु आर्ट कलाकारहरुको लागि बरदान भएको बताए ।
आर्ट कलाकार बि.के नर बहादुरले अहिले सम्म ५देखी ६ हजारको हाराहारीमा व्यावसायिक चित्रहरु कोरीसकेको बताउछन् । ०५६ सालमा काठमाडौमा आएदेखी आर्ट कलाकारीतामा लागेको बताउने आर्ट कलाकार बहादुर त्यहि बेला देखीनै व्यावसायिक कलाकार बनेको बताउछन् । पहिलो आर्ट आफुले आज भन्दा १५ वर्ष अगाडि ५०० रुपैयामा बेचेको बताउछन् । उनी अहिले सम्म आर्ट प्रर्दशनिकै क्रममा कोरीया, बंगलादेश, थाइल्याण्ड, इन्डिया लगायत आधा दर्जन भन्दा बढि देशहरुमा गएर आर्ट प्रर्दशनि गरेको बताए ।
आर्ट कलाकारहरुको लागी राज्यले खासै राम्रो व्यावस्था नगरेको गुनासो गर्दै कलाकार बि.के नर बहादुरले आर्ट ग्यालरिहरु काठमाडौमा मात्र नभएर नेपालका अन्य ठुला–ठुला सहरहरुमापनि खोले आफु जस्ता कलाकारहरुलाई धेरै राम्रो हुने बताए । वास्तविक समाज काठमाडौमा भन्दा गाउघरमा हुने बताउदै कलाकार बहादुरले आफ्ना फ्यानहरुलाई आर्ट मार्फत शिक्षा र मनोरञ्जन दिन पाए विस्तारै आर्टकोपनि बिकाश हुदै जाने बताए ।
फोटो फिचर




watch this bisal chautari youtube video

प्रतिक्रिया