Bisal Chautari Logo

टलकजंग भर्सेस टुल्केलाई युनिभर्सल सटिफिर्केट || कात्तिक १४ गतेबाट रिलिजमा

- ४ कार्तिक २०७१, मंगलवार ११:०७ मा प्रकाशित


Talakjung Vs Tulke universal sartifiket
विशाल चौतारी समाचार
काठमाडौ २०७१, कात्तिक ४ मंगलबार । ब्लकब्लष्टर चलचित्र ‘लुट’का निर्देशक निश्चल बस्नेतले निर्देशन गरेको दोस्रो चलचित्र ‘टलकजंग भर्सेस टुल्के’लाई चलचित्र सेन्सर बोर्डबाट हरेक वर्गका दर्शकले हेर्न मिल्ने गरी युनिभर्सल प्रमाणपत्र दिएको छ । Talakjung Vs Tulke universal sartifiket
यही कात्तिक १४ गतेबाट अल नेपाल रिलिज हुने चलचित्रका कार्यकारी निर्माता रविन्द्र सिंह बानियाले बताए अनुसार सिनेमाको दुई वटा शब्दमा ‘म्यूट’ मात्र गर्नु परेको बताए । त्यस बाहेक चलचित्रको अरु कुनै पनि दृश्य तथा संवाद माथि आपत्ति नजनाई बिना काटछाट सेन्सर वोर्डले युनिभर्सल प्रमाणपत्र उपलब्ध गराएको बानियाले बताए । दन्द्धकालिन परिवेशमा टुल्के नाम गरेको व्यक्तिले समाजमा आफ्नो अस्तित्व कायम गर्न गर्नु परेको संघर्षको कथालाई चलचित्रले प्रस्तुत गरेको बताइएको छ । चलचित्रका शीर्ष कलाकार खगेन्द्र लामिछानेले नै लेखेको कथामा दयाहाङ राई, ऋचा शर्मा, शशांक मैनाली, कार्यकारी निर्माता बानिया लगायतको अभिनय रहेको छ ।

Director: Nischal Basnet ,Writer:Khagendra Lamichhane, Producer: Rabindra Singh Baniya,

Starring: Khagendra Lamichhane, DayaHang Rai, Richa Sharma, Shusanka Mainali, Rabindra Singh Baniya, Prakash Ghimire, Rajani Gurung, Raj Thapa Etc.

प्रतिक्रिया