Bisal Chautari Logo

राजकीय पहिचान सहितको संघीयता खोज्दै मधेसिए गोपाल किरााती

- ३ कार्तिक २०७१, सोमबार १५:५८ मा प्रकाशित


gopal kirati
प्रकाश खालिङ
काठमाडौं, २०७१, कात्तिक ३ सोमबार । राष्ट्रिय राजनीतिमा चर्चा र विवादमा आइरहने एमाओवादीका पोलिटव्युरो सदस्य गोपाल किरााती राजकीय पहिचानसहितको संघीयता खोज्दै मधेसकेन्द्रित राजनीतिमा होमिएका छन् । संविधान सभाबाट संविधान निर्माण कार्य अघि बढिरहेको बेला जनपक्षीय संविधान निर्माणको लागि भन्दै किरााती मधेसतिर लागेका हुन् । gopal kirati
पहिचानसहितको संघीय संविधान निर्माण गर्नुपर्ने माग गर्दै २२ दलीय संघीय गणतान्त्रिक गठनबन्धनले विभिन्न कार्यक्रम सञ्चालन गरिरहेको बेला उनी चितवन, जनकपुर, चन्द्रनिगहापुर हुादै मधेस झरेका हुन् । संविधान सभाबाट संविधान बन्नु कुनै ठूलो नभएको भन्दै किरातीले जनताले चाहेको संविधान बन्छ कि बन्दैन भन्ने कुरा अहिलेको आमचासोको विषय भएको जिकिर गरेका छन् । उनले कांग्रेस एमालेको अहिलेको बहुमत भनेको मतादेशमात्रै भएको र देशको संविधान मतादेशको नभई जनादेशअनुसारको बन्नुपर्नेमा जोड दिए । अन्तरिम संविधान २०६३ को भावनाविपरित मतादेशको आधारमा संविधान ल्याउन खोजिए त्यस्तै संविधानको कुनै अर्थ नरहने पनि उनले बताए । पहिचानसहितको संघीयताको विषयमा आफु एक इन्च पनि तलमाथि नगर्ने उद्घोषसमते उनले गरे । देशमा परिवर्तन ल्याउनको लागि फेरी एक पटक मधेस आन्दोलनको जरुरत भइसकेको बुझाइ उनको छ ।
मधेसतिर लाग्नुअघि एक कार्यक्रममा बोल्दै किरातीले भनेका थिए ‘अब काठमाडौंको आन्दोलनले देशमा परिवर्तन हुने सम्भावना क्षीण बनिरहेको छ । त्यसैले अब मधेसबाट आन्दोलनको ज्वारभाटा ल्याउनको लागि म मधेसतिर केन्द्रित हुादैछु ।’ उनले मधेस आन्दोलनको पहिलो आफु हुने सहिद घोषणासमेत गरेका छन् । ‘आफैले रगत नबगाइकन यो देशमा परिवर्तन आउान सक्दैन भन्ने निष्कर्षमा पुगेको छु’ उनले भने ‘यो मुलुकमा परिवर्तनको लागि मैले रगत बगाउनुपर्छ, त्यो काठमाडौंमा नभई मधेसमा बगाउने मैले निधो गरे । मधेस आन्दोलनको पहिलो सहिद हुन तयार छु ।’
उनले आफु मर्न तयार भएर दशवर्षे जनयुद्ध र त्यस भन्दाअगाडि नै युद्धमा होमिएको भन्दै आफु संयोगले बााचेको र आफु बाचेकैमा त्यत्ति गर्व नलागेको अभिव्यक्तिसमेत दिएका छन् । ‘दश वर्षे जनयुद्धमा मात्रै नभएर त्यसअघिदेखि नै मर्न तयार भएर हामी युद्धमा होमिएका हौं’ उनले आफु बााचेकोमा गर्व नलाग्नुको कारण खुलस्त पारे ‘हामीसागै लड्दालड्दै धेरै साथीहरु सहिद हुनुभयो । संयोगले बाचियो, तर बााचेकैमा भने त्यत्ति गर्व लागेको छैन । किन भने उत्पीडित वर्गलाई मुक्ति दिलाउने सपना बोकेर मर्न हिडेका हामी न सहिद भयौं न न देशमा आफुले चाहेको कुरा नै भयो ।’
किराती पार्टीभित्र र बाहिर पहिचानसहितको संघीयताको कट्टर पक्षधर मानिन्छन् । उनले बोलेपछि कुनै न कुनै रुपले मिडियाबाजी हुने गरेको छ । पछिल्लो पटक देशमा नयाा राष्ट्रिय एकीकरण आवश्यक रहेको बताउादै त्यसको लागि पूरानो पृथ्वीनारायण शाहको एकीकरण अभियानलाई आधार मान्नुपर्ने भनेर दिएको अभिव्यक्ति निक्कै विवादित बन्यो । भलै त्यो अभिव्यक्ति अझैपनि राजनीतिक बृत्तमा बहसको विषय बनिरहेको छ । पृथ्वीनारायण शाहका एकीकरणलाई आधार मान्नुपर्छ भन्ने विवादबारे अनौपचारिक स्पष्टीकरण दिदै उनले नयाा सिर्जना गर्नको लागि पूरानोविना सम्भव नभएको विज्ञानसम्मत तर्क आफुले गरेको बताए ।
‘हामीले नयाा राष्ट्रिय एकीकरणको कुरा उठाएका छौं’ उनले भने–‘कुनैपनि नयाा चीज उत्पति गर्नका निम्ति पूरानोलाई आधार मान्नैपर्छ । नयाा राष्ट्रिय एकीकरणलाई पूरा गर्नको लागि कित नेपाल नै मान्दिन भन्नुपर्‍यो । कित सिक्किम, दार्जलिङलाई नेपाल बनाएर नयाा एकीकरण गर्नुपर्‍यो । आफ्नो सिमाको सुरक्षा त गर्न नसक्ने देशले त्यो गर्न असम्भव छैन । त्यसैले पृथ्वीनारायण शाहले गरेको एकीकरणमा भएका त्रुटीहरु औल्याउदै त्यसैको आधार नयाा राष्ट्रिय एकीकरण गर्नुपर्छ भन्ने कुरा हामीले गरेका हौं ।’

प्रतिक्रिया