Bisal Chautari Logo

संञ्चारकर्मी लक्ष्मणको निर्देशनमा ‘एउटा साथी’को हल ट्रेलर सार्वजनिक

- ३ कार्तिक २०७१, सोमबार १५:०६ मा प्रकाशित


EAUTA SAATHI Nepali Movie Hall promo
विशाल चौतारी समाचार
काठमाडौं, २०७१, कात्तिक ३ सोमबार । कात्तिक १४ गतेबाट प्रर्दशनमा आउन लागेको चलचित्र ‘एउटा साथी’को हल ट्रेलर सार्वजनिक भएको छ । संचारकर्मी लक्ष्मणा सुवेदीको निर्देशनमा बनेको चलचित्र एउटा साथीलाई राम खनालले निर्माणा गरेका हुन् ।EAUTA SAATHI Nepali Movie Hall promo
चलचित्रको रिलिज मिती नजिकिदा चलचित्रको गीतहरु युवा पुस्ताहरुमा लोकप्रिय भइरहेको छ । उता चलचित्रका निर्देशक सुबेली यही चलचित्रका दुबै गीतहरु हिट भएकालेपनि सिनेमाले दर्शकहरुको माया पाउनेमा बिस्वस्त रहेका छन् । यस चलचित्रमा सलोन बस्नेत, रिस्ता बस्नेत, अनु शाह, जोन तामाङ लगायतका कलाकारले मुख्य अभिनय रहेको छ । शिशिर भण्डारी, नारायण पुरी, करिश्मा श्रेष्ठ लगायतको पनि चलचित्रमा अभिनय देख्न सकिन्छ । गम्भीर विष्टको कोरियोग्राफी तथा राजेन्द्र खड्गीको दन्द्ध निर्देशन रहेको चलचित्र चलचित्रले युवापुस्ताको रोमान्टिक प्रेम कथालाई समेटिएको बताइएको छ ।

प्रतिक्रिया