Bisal Chautari Logo

sunita dulal ले वृद्धा आमाहरुलाई जाडोमा तौली ओढाईन् (फटो फिचर सहित)

- २० पुष २०७०, शनिबार १३:४९ मा प्रकाशित


आमाहरुसंगै बसेर भजन, कृतन गरिरहेकी गायिका दुलालले आफ्नो स्वरमा ‘बाबा आमालाई गर्‍यौ हेला, हाम्रोपनि आउने छ त्यो बेला’ बोलको गित गाएर सुनाईन् । सो गित सुन्ने क्रममा आफ्नो छोराछोरीबाट अपहेलित आमाहरु गहभरी आसु पारेर सुनिरहेका थिए । एक वृद्धा आमा अर्की आमालाई कानेखुसी गर्दै, भन्दै थिए–‘छोरी होस् त यस्तो’ ।

विशाल राई
काठमाडौ, २० पुस ।
कलाकारहरुलाई पछिल्लो समयमा विभिन्न किसिमले हेर्ने गरिएको छ । केहि वर्ष अगाडि नेपाली कलाकारीतामा लाग्ने मानिसहरुलाई राम्रो मानिदैन थियो । त्यसमा पनि महिलालाई त अझ हाम्रो समाजले राम्रो नजरले हेर्न त परै जाओस्, दुनिया कुराहरु काट्दै हिड्थे । तर नेपाली कलाकारीतामा लाग्ने केहि महिलाहरुको कारणले ति सोच र विचारहरु परिवर्तन हुदै गईरहेको छ । यस्तै क्रममा आज शनिवार मात्र एक वृद्धाश्रममा एउटी चर्चित कलाकार भेटिईन् ।
हरेक तिजको अवसरमा विशेष रुपमा प्रस्तुत हुने गायिका सुनीता दुलाल आफ्नो व्यास्त समयको बावजुतपनि यो पुसको जाडो मौसमलाई बुझि एक वृद्धाश्रमका आमाहरुलाई तौली ओढाउन पुगेकी थिईन् । गल्फुटारमा रहेको ‘दिब्य सेवा निकेतन वृद्धाश्रम’ नामक आश्रममा चर्चित गायिका सुनीता वृद्धा आमाहरुसंग सुखदुख बाट्न पुगेकि थिईन् । १२ वर्षदेखी सञ्चालनमा आएको वृद्धाश्रममा आफ्ना आफन्त र परिवारबाट अपहेलित आमाहरुलाई राखिएको छ । भजन कृतनमा व्यास्त आमाहरुको अगाडी गायिका सुनीतालाई नै प्रमुख अतिथिको रुपमा राखिएको थियो । आमाहरुसंगै बसेर भजन, कृतन गरिरहेकी गायिका दुलालले आफ्नो स्वरमा ‘बाबा आमालाई गर्‍यौ हेला, हाम्रोपनि आउने छ त्यो बेला’ बोलको गित गाएर सुनाईन् । सो गित सुन्ने क्रममा आफ्नो छोराछोरीबाट अपहेलित आमाहरु गहभरी आसु पारेर सुनिरहेका थिए । एक वृद्धा आमा अर्की आमालाई कानेखुसी गर्दै, भन्दै थिए–‘छोरी होस् त यस्तो’ । औपचारीक कार्यक्रममा गायिका सुनिताले आफ्नै हातले वृद्धाश्रमका १५ जना आमाहरुलाई पालैपालो तौली ओढाईदिएकी थिईन् । औपचारीक कार्यक्रममा बोल्दै गायिका सुनीताले यस वृद्धाश्रममा आईरहनेपनि प्रतिवद्धता जनाईन् । सम्पुर्ण आमाहरुको एकैछिन्, स्याहार गर्दै गायिका सुनीताले आमाहरुलाई स्वास्थ्य लाभको कामनापनि गरिन् । आपसमा मिलेर, झैझगडा नगरी बस्नपनि आमाहरुलाई आग्रह गरिन् ।
औपचारीक कार्यक्रमपछि विशाल चौतारीसंग कुराकानी गर्दै गायिका दुलालले आफुले सिन्धुपाल्चोकमा तिन बालबालिकाहरुलाई पढाईरहेकोपनि खुलासा गरिन् । भनिन्–‘म सानै उमेरदेखी नै केहि सामाजिक कामहरु गरौ भन्ने सोच थियो । म सानै उमेरमापनि आफ्ना साथिहरुको केहि कापि कलमहरु छुटेको छ भने सकेको किनेर दिने गरेकी थिए ।’ सिन्धुपाल्चोकको जल्बिसेका श्री आनन्द उच्च माध्यमिक विद्यालयमा तिन वालबालिकाहरु ४, ५ र छ मा अध्ययन गरिरहेको गायिका दुलालले बताईन् । ति बालबालिकाहरुको लागि अध्ययन खर्च भनेर आफुले वार्षिक खर्च स्वरुप दिने गरेको बताईन् । आफुले अध्ययन गराईरहेका ति ३ बालबालिकाहरु धेरै गरिव परिवारका सन्तानहरु भएको र ति बालबालिकाहरुलाई काम गरिरहेको अवस्थामा भेटेर आफुले अध्ययनमा लगाएको बताईन् ।
प्राय नेपाली कलाकारहरु व्यास्त भएको बताउदै खासै समाजिक काममा नहिडी रहेको अवस्थामा गायिका दुलालले वास्तवमै मन भए सबै पुरा हुने उखानलाई पुरा गरिदिइन् । आफ्नो कामको पैसाबाट केहि प्रतिसत छुट्याएर यस्ता वृद्धा आमाहरुलाई केहि सेवा गरे राम्रो हुने गायिका दुलालको धारण रहेको छ । एउटा होटलमा बसेर ५–१० हजारको खाजा खान भन्दा वृद्धा आमाहरुसंग खाएको पिठो आफुलाई मिठो लाग्नेपनि गायिका दुलालले बताईन् । यस्तै क्रममा संस्कृत प्रोफेसर मोदनाथ खनालपनि वृद्धाआमाहरुसंग मिल्न आएका थिए । कार्यक्रममा बोल्दै उनले गायिका दुलालको कामबाट अन्य कलाकारहरुलेपनि धेरै कुरा सिक्नपर्ने बताए । आमाहरु जननि माता भएकाले सबैले आमाहरुलाई सम्मान गर्न खनालले अनुरोध गरे ।
फटो फिचर

प्रतिक्रिया