Bisal Chautari Logo

बिशाल कपुरको डिजाइनमा बलिउड अभिनेत्री जरिन खान सहित चर्चित नेपाली सेलिव्रेटी र्‍याम्पमा (फोटो फिचर सहित)

- २ कार्तिक २०७१, आईतवार ०८:५८ मा प्रकाशित


Bollywood actress zareen khan and famous Nepali celebrities on ramp with vishal kapoor designs
विशाल  राई (तस्विरसहित)
काठमाडौं, २०७१, कात्तिक २ आइतबार । बलिउड अभिनेत्री जरिन खान अहिले नेपालमा छिन् । अभिनेत्री खानले विश्व चचिर्त फेशन डिजाइनर विशाल कपुरका पहिरनमा सो स्टपरको रुपमा हिजो शनिबार सोल्टी होटलमा आयोजित फेशन शोमा र्‍याम्प नापेकी थिइन् । Bollywood actress zareen khan and famous Nepali celebrities on ramp with vishal kapoor designs
बलिउड अभिनेत्री जरिन खान सहित अर्का बलिउड अभिनेता अजाज खानलेपनि फेसन डिजाइनर बिशाल कपुरको डिजाइनमा र्‍याम्पमा उत्रिएका थिए । अभिनेत्री जरिन र अजाज खानलाई डिफ्युजन सिक्वेन्समा बिशालले र्‍याप्पमा उतारेका थिए । हिजो बेलुकी करिव ८ बजेदखी सुरु भएको फेसन शोमा यी दुई बलिउड कलाकारहरु सहित नेपालमा चर्चित सेलिब्रेटीहरु र्‍याम्पमा पालैपालो उत्रिएका थिए ।Bollywood actress zareen khan and famous Nepali celebrities on ramp with vishal kapoor designs (19)
पुर्व मिस नेपाल माल्भिका सुब्बा र स्रिजल रुपाखेतीले सञ्चालन गरेको फेसन शोमा अभिनेत्री नन्दिता केसीको नृत्यबाट सुरुवात गरिएको थियो । Bollywood actress zareen khan and famous Nepali celebrities on ramp with vishal kapoor designs (11)नेपालका चर्चित ब्याक्तित्वहरुको उपस्थित रहेको फेसन शो करिव २ घण्ट चलेको थियो । २ घण्ट चलेको फेसन शोमा नेपाली सेलिव्रटिको तर्फबाट अभिनेता विजय लामालाई र्‍याम्पमा उतारिएको थियो । त्यस्तै अभिनेत्री रिमा विश्वकर्मा फरक परिहणमा नृत्य प्रस्तुती मार्फत उत्रिएकि थिइन् । त्यसपछि अभिनेत्री निशा अधिकारी बिशाल कपुरको डिजाइन पहिरीएर र्‍याम्पमा उत्रिइन् । निकै फरक ढंगले आयोजना गरिएको फेसन शोमा उद्घोषिका माल्भिका सुब्बाले माहोललाई सुन्दर बनाइदिइन् । अभिनेता आर्यन सिक्देलाई अभिनेत्री सुब्बाले नेपाली सुपरस्टार अफ नेपाली फिल्म इन्डष्ट्रि भनेरै तारिफ गरिन् । अभिनेता आर्यनले फेसन शोको बारेमा बोल्दै बिशाल कपुरको डिजाइनहरु एकदमै राम्रो लागेको बताए ।
त्यस्तै अभिनेता रेश मरहठापनि बिशाल कपुरको डिजाइनमा कार्यक्रमको मध्ये भागमा उत्रिए । उता निलम चन्दपनि फरक पहिराणमा र्‍याम्पमा उत्रिएकी थिइन् । यसै बिचमा अभिनेत्री तथा डान्सर दिया मास्केले हिन्दि गित ‘घागारा’मा नृत्य गरिन् । अभिनेत्री दियाको डान्सलाई उपस्थित सबैले तारिफ गरेका थिए ।
फेसन शोको अन्तिममा बलिउड अभिनेत्री जरिन खान विश्व चर्चित फेसन डिजाइनर बिशाल कपुरको डिजाइनमा र्‍याम्प नाप्न उत्रिएकी थिइन् । त्यो भन्दा पहिला अर्का बलिउड अभिनेता अजिज खान डिफ्युजन सिक्वेन्समा र्‍याम्पमा उत्रिएका थिए । त्यसपछि बलिउडका दुई सेलिव्रेटीहरुका साथमा फेसन डिजाइनर बिशाल कपुर र्‍याम्पमा उत्रिएका थिए । उनी कालो रङको सेरवानीमा र्‍याम्पमा उत्रिएका थिए ।
फेसन डिजाइनर विशालले नेपाल र भारतका थुप्रै कलाकारलाई आफ्नो डिजाइनमा र्‍याम्पमा हिडाइसकेका छन् । बलिउड अभिनेत्री जरिन खानले नेपाल आउने बित्तिकै गरिएको पत्रकार सम्मेलनमा बोल्दै आफूले शनिबार हुने फेसन सोमा लेङगा लगाउने बताएकी थिइन् । उनले आफू पहिलो पटक नेपाल आएको बताउदै समय रहेसम्म नेपालको धेरै स्थानमा घुम्ने चाहना व्यक्त गरेकीपनि थिइन् । अभिनेत्री जरिन काठमाडौका केही स्थानहरुमा घुमेकीपनि छिन् ।
पनाचे ग्यालेक्सी अफ स्टार्सको आयोजनामा भएको फेसन शोको कोरीयोग्राफि प्रसान्त ताम्राकारले गरेका थिए । कार्यक्रममा बलिउडका आकर्षक नृत्यका साथै विभिन्न पहिरनमा मोडलहरु र्‍याम्पमा उत्रिएका थिए ।

[gss ids=”5930,5932,5931,5929,5928,5927,5926,5937,5936,5939,5924,5923,5922,5921,5925,5920,5919,5918,5933,5934,5938,5935″]

vishal kappor si a successful trendseter in tha world of contemporary fashion.

प्रतिक्रिया