Bisal Chautari Logo

शैलेन्द्रको वन डे बजारमा

- १ कार्तिक २०७१, शनिबार ०५:४२ मा प्रकाशित


shailendra shrestha albamshailendra shrestha albam
विशाल चौतारी समाचार
काठमाडौं, २०७१, कात्तिक १ शनिवार । पुराना संगीतकर्मी शैलेन्द्र प्रधान ‘बाबु’ को नया एल्बम ”वन डे” बजारमा आएको छ । लामो समयदेखि संगीतकर्ममा रहेका शैलेन्द्र पुरानो सांगीतिक समुह ”सिजन्स ब्याण्ड”मा किबोडिष्र्टको रुपमा आवद्ध थिए । यतिबेला उनले पहिलो पटक सोलो एल्बम सार्वजनिक गरेका हुन् ।
स्टेरियो रेकडर्सले गत मंगलबारदेखि बजारमा सार्वजनिक गरेको यो एल्बममा पप शैलीका ६ वटा गीत सुन्न सकिन्छ । कुशल संगीत संयोजक (म्युजिक एरेञ्जर) को रुपमा समेत चिनिने शैलैन्द्रले आफ्नो डेब्यू एल्बममा गायक सुमग पोखरेल, गायक भरत सिटौला, मोहित मुनाल, सुजन केसी तथा आफ्नै संगीतका गीत गाएका छन् । एल्बमका गीतहरु डा.बद्री पोखरेल, मोहित मुनाल, जिएम प्रधान, भार्गव सुबेदी तथा गायक प्रधानले रचना गरेका हुन् । यसैबीच एल्बमको एउटा गीत ”कस्तो बेला…” को म्युजिक भिडियो पनि यसै साता प्रिमियर गरिएको छ । जीवन थापाद्धारा निर्देशित यो म्युजिक भिडियोमा डा.बद्री पोखरेलको शब्द तथा भरत सिटौलाको संगीत निर्देशन छ ।

प्रतिक्रिया