Bisal Chautari Logo

मिका सिंहले काठमाडौंमा ३ घण्टा गाउने (भिडियो सहित)

- २२ पुष २०७०, सोमबार १४:११ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं २२ पुस ।
बलिउड चलचित्र उद्योगका पछिल्ला चर्चित गायक मिका सिंह काठमाडौंमा कन्र्सटका लागी आउने भएका छन् । गायक सिंहले आउँदो फागुन १७ मा राजधानीको टुँखिडेलमा चचिर्त बलिउड चलचित्रका गितहरु गाउने भएका छन् । होटल सांग्रिलामा प्रेसमिटको आयोजना गरी मिका सिहँको कन्सर्टबारेमा जानकारी दिइएको थियो । मुनलाइट रेकड्र्स र यसअघि माईकल लन्र्स टु रकको आयोजना गरिसकेको ओडिसीले मिका सिहँको कन्सर्ट गर्न लागेका हुन् ।
प्रेसमिट आयोजनामा जानकारी दिदै आयोजकले ३० हजार दर्शकको सहभागिता हुने अपेक्षा गरिएको बताएका थिए । कन्सर्टका लागि दर्शकहरुलाई ध्यानमा राखेर  तीन मूल्यका टिकट शुल्क आयोजकले तोकेको छ । ५ सय, १५ सय र ३ हजार मूल्यका टिकट आयोजकले राखेका छन् । प्रेसमिटमा आयोजकका तर्फबाट बोल्दै चलचित्र समिक्षक प्रदीप भट्टराईले गायक मिकाको कन्सर्टले नेपाल र भारतबीचको सांस्कृतिक सम्बन्धमा नयाँ आयाम थप्ने बताउदै एउटा सामाजिक कामपनि आयोजकले गर्न लागेको जानकारी दिए । कन्सर्टबाट संकलित रकम कुनै एक सामाजिक संस्थालाई च्यारिटीस्वरुप प्रदान गरिनेपनि बताइएको छ ।
आयोजकका अनुसार गायक मिका आउदो फेब्रुअरी २८ मा नेपाल आएर मार्च २ मा मुम्बइ फर्कनेछन् । १८ सदस्यीय सांगीतिक टोलीका साथ आउने गायक मिकाले करिब ३ घन्टा आफ्ना बलिउड चलचित्रका लोकप्रिय गीतहरु गाउने आयोजकले बताएको छ । कार्यक्रममा गायक मिकाले नेपालीलाई सम्बोधन गरेको भिडियोपनि प्रदर्शन गरिएको थियो । जुन भिडियोमा मिकाको चर्चित गित गितहरु समावेश गरीएको छ, भने मिकाले नेपाललाई सम्वोधन गर्दै आफ्ना चर्चित मध्ये ‘डिङ्का चिका– डिङ्का चिका एएए’ गाएका छन् । म्युजिक कन्र्सटमा आउन लागेका गायक मिका तीनदिने नेपाल बसाईको क्रममा पशुपतिनाथको दर्शन गर्नेपनि इच्छा राखेको आयोजकले बताए । यससंगै उनले पर्वतीय उडान भर्ने र जनाइएको छ ।

प्रतिक्रिया