Bisal Chautari Logo

जरिन खान नेपालमा, भन्छिन्–‘स्वयम्भु सहित नेपाल घुम्ने चाहना छ’ (फोटो फिचर सहित)

- ३१ आश्विन २०७१, शुक्रबार १२:२१ मा प्रकाशित


zarine khan come to nepal

तस्विरहरु : विशाल राई
विशाल चौतारी समाचार
काठमाडौं, २०७१, असोज ३१ शुक्रवार । पछिल्लो समयमा बलिउडका सेलिव्रेटीहरु नेपालमा आउनेक्रम जारी रहेको छ । बलिउड अभिनेता अमिर खान नेपाल आएको महिनादिन नबित्दै अर्का बलिउड अभिनेत्री जरिन खानको आगमन भएको छ । अभिनेत्री खान आज २ बजे नेपाल आइपुगेकी हुन् । नेपाल आएलगतै आयोजकले सिधै पत्रकार सम्मेलनको आयोजना गर्दै कार्यक्रमको बारेमा जानकारी गराएको हो ।zarine khan come to nepal

zarine khan come to nepal
zarine khan come to nepal

बलिउड अभिनेत्री जरिन विश्व चचिर्त फेशन डिजाइनर विशाल कपुरका पहिरनमा सो स्टपरको रुपमा शनिबार सोल्टी होटलमा आयोजना हुन लागेको फेशन शोका लागी नेपाल आएकी हुन् । जहा उनले बिशालका पहिरणमा र्‍याम्प नाप्नेछन् । फेसन डिजाइनर विशालले नेपाल र भारतका थुप्रै कलाकारलाई आफ्नो डिजाइनमा र्‍याम्पमा हिडाइसकेका छन् ।
बलिउड अभिनेत्री जरिन खानले पत्रकार सम्मेलनमा बोल्दै आफूले शनिबार हुने फेसन सोमा लेङगा लगाउने बताइन् । उनले आफू पहिलो पटक नेपाल आएको बताउदै समय रहेसम्म नेपालको धेरै स्थानमा घुम्ने चाहना व्यक्त गरिन् । आफूलाई नृत्य खुबै मनपर्ने भन्दै जरिनले आफू नर्स बन्न चाहेकोपनि पत्रकार सम्मेलनमै खुलासा गरिन् । कार्यक्रम आयोजकले बताए अनुसार अभिनेत्री जरिन स्वयम्भु लगायतका पर्यटकिय स्थलहरुपनि घुम्न सक्नेछिन् । पनाचे ग्यालेक्सी अफ स्टार्सको आयोजनामा हुन लागेको यो कार्यक्रममा जरिनसगै अर्का बलिउड कलाकार एजाज खान ‘सो स्टपर’को रुपमा र्‍याम्पमा देखिनेछन् । भोली शनिबार आयोजना हुने कार्यक्रममा विजय लामा, निशा अधिकारी, रेश महरठ्ठा, निलम चन्द, इशानी श्रेष्ठ पनि र्‍याम्पमा देखिनेछन् । एक घन्टा ३० मिनेट चल्ने कार्यक्रममा ४०० सय जना उच्च प्रोफाइलका अतिथीहरुको उपस्थिती हुने विश्वास आयोजकले लिएको छ । कार्यक्रममा बलिउडका आकर्षक नृत्यका साथै विभिन्न पहिरनमा मोडलहरुले र्‍याम्पमा उत्रनेछन् ।

vishal kappor si a successful trendseter in tha world of contemporary fashion.

[gss ids=”5885,5883,5886,5884,5887″]

International Celebrities

1. Zarine khan

2. Ajaz khan

National Celebrities

1.Vijaya Lama

2. Nisha Adhikari

3. Resh Maratha

4. Neelum Chand

5. Ishani shrestha etc .

प्रतिक्रिया