Bisal Chautari Logo

१२ वर्षको संगीतयात्रापछि चेतन सापकोटाले चलचित्र निर्माण गर्ने

- ३१ आश्विन २०७१, शुक्रबार ०३:४० मा प्रकाशित


EXCLUSIVE

After a journey of 12 years of music making Chetan Sapkota movie
विशाल चौतारी समाचार
काठमाडौं, २०७१, असोज ३१ शुक्रवार । नेपाली साङगितीक क्षेत्रमा लगातार १२ वर्षको संगीत अध्ययनपछी चेतन सापकोटाले चलचित्र निर्माण गर्ने भएका छन् । विशाल चौतारीसंग आज बिहानै कुराकानी गर्दै चर्चित संगीतकार सापकोटाले चलचित्र निर्माण गर्ने बताए । तर चलचित्रको नाम भने अहिले फिक्स नभइसकेको जानकारी गराए । After a journey of 12 years of music making Chetan Sapkota movie
म्युजिकल लवस्टोरी, एक्सन विधामा बन्न लागेको चलचित्रका निर्देशक भने नवल नेपाल रहनेछन् । निर्देशक छान्ने काम चाही रिलिजमा आउन लागेको चलचित्र लज्जाको काम हेरेर लिएको संगीतकार सापकोटाले बताए । चलचित्रको निर्माण संगीतकार सापकोटाले बिल्जीयमको एनआरएन सहदेव गौतमको साथमा गर्न लागेका हुन् । चलचित्रमा संगीतकार सापकोटाकै कथा रहेको छ भने पटकथा संवाद भने निर्देशक नवल नेपालकै रहने छ । १२ वर्षको संगीत यात्रामा ६०भन्दा माथी चलचित्रमा संगीतकार सापकोटाले संगीत गरेका छन् । उता हास्यटेलिसिरीयलहरुमा चेतन सापकोटाकै टाइटल गीतहरु रहेका छन् । नेपाली आधुनिक विधामा उनले सैयौ गीतहरुमा संगीत गरेकोपनि बताए ।
चलचित्रको विषयमा बोल्दै निर्देशक चेतन सापकोटाले चलचित्रका कलाकारहरु छान्नेकाम जारी रहेको बताए । चलचित्रमा लगानी भने ६० लाख माथी हुने बताएका छन् । चलचित्रको प्रचार–प्रसार सहित ७० लाख पुग्न सक्नेपनि बताए । चलचित्रको २–४ वटा गीतहरु कम्पोज गरिसकेको संगीतकार सापकोटाले बताए ।

प्रतिक्रिया