Bisal Chautari Logo

‘धुम ३’ ले रच्यो अर्को इतिहास, बलिउडमा ५ सय करोड कमाउने पहिलो चलचित्र

- २३ पुष २०७०, मंगलवार १७:०७ मा प्रकाशित


मुम्बई : बलिउड अभिनेता अमिर खानको पछिल्लो नयाँ चलचित्र ‘धुम ३’ले बलिउड चलचित्र इतिहासमा अर्को एउटा इतिहास रचेको छ । यशराज ब्यानरमा बनेको चलचित्र ‘धुम ३’ ले विश्वव्यापी रुपमा कमाई गर्दै ५ सय करोड ग्रस कलेक्शन गरेको दाबी गत सोमबार एक बयानमा कमाईको बारेमा जानकारी गराएको थियो । चलचित्र २०१३ डिसेम्बर २० तारीकमा रिलिज भएको थियो । 
भारतको बक्सअफिसमा ५०० करोडको आकडा पार गर्दै चलचित्र ‘धुम ३’ले  बलिउडको पहिलो यस्तो चलचित्र बन्यो जुन नाम ५ सय करोड भन्दा बढिको कमाईको कलेक्सन जोडिएको छ । चलचित्र ‘धुम ३’ले रिलिज भएको १७ दिनमै भारतमा ३५१.२९ करोड कमाउदा भारतबाहेक देशहरुमा १५०.०६ करोड कमाएको थियो । 
चलचित्र ‘धुम ३’ भारतको अहिले सम्मकै सबैभन्दा बढि रिलिज भएको चलचित्रपनि हो । यो चलचित्र करिब ४५ हजार स्क्रीनमा रिलिज भएको थियो । चलचित्रले एडभान्स बुकिङको मामलामा धेरै ब्लकबस्टर चलचित्रलाईपनि पछाडि पारिदिएको थियो । चलचित्रमा आमिर खान, कट्रिना कैफ, अभिषेक बच्चन र उदय चोपडाद्धरा अभिनित यस चलचित्रलाई विजय कृष्ण आचार्यले डाईरेक्सन गरेका हुन् ।

प्रतिक्रिया