Bisal Chautari Logo

‘इन्फा अवार्ड २०७०’को उत्कृष्ट ५ मनोनयन सार्वजनिक (फोटो फिचर सहित)

- ३० आश्विन २०७१, बिहीबार ०८:१७ मा प्रकाशित


infa film awards 2070 in hong kong nomination
विशाल चौतारी समाचार
काठमाडौं, २०७१, असोज ३० बिहीवार । पछिल्लो समयमा नेपाली चलचित्रको अवार्ड कार्यक्रमहरु विदेशी भुमिमा बढेको छ । यस्तै क्रममा अक्टोवर २६ तारिखमा हङकङमा आयोजना हुने ‘इन्फा अवार्ड २०७०’ को उत्कृष्ट्र पाँच मनोनयन सार्वजनिक गरिएको छ । हिजो बुधवार हायत होटलमा एक भब्य कार्यक्रमको आयोजना गरी उत्कृष्ट पाचको मनोनयन सार्वजनिक गरिएको हो ।infa film awards 2070 in hong kong nomination
कार्यक्रममा स्वागत मन्तब्य राख्दै ‘इन्फा’ अध्यक्ष दिपक श्रेष्ठले नेपाली चलचित्रको बजार विस्तार गर्न अन्र्तराष्ट्िरय स्तरमा अवार्डको आयोजना गर्न लागिएको बताए । श्रेष्ठले भने, ‘यो अवार्डलाई निरञ्तरता दिएर चलचित्र सम्बन्धी कुनै एक विधामा नेपालमै प्रतिष्ठान खोल्ने योजना हामीले राखेका छौं ।’
कान्तिपुर टेलिभिजनबाट लाइभ प्रसारण गरिएको कार्यक्रममा ‘इन्फा अवार्ड २०७०’ को उद्घाटन सूचना तथा सञ्चारमन्त्री डा.मिनेन्द्र रिजालले दिप प्रज्जवलन गर्दै गरेका थिए । मन्त्री रिजालले हङकङको अवार्ड समारोहमा भने आफु सहभागी नपाउने बताउदै अवार्ड सफलताको लागि शुभकामनासंगै नेपाली चलचित्रको विकासमा सहयोग पुर्याउने विश्वास राखे ।
पुर्व मिस नेपाल मालिभका सुब्बाले सञ्चालन गरेको कार्यक्रममा निर्माता एवं गोपिकृष्ण मुभिजका प्रबन्ध निर्देशक उद्धव पौडेललाई ५ लाख रुपैया सहित लाइभटाइम अचिभ्मेन्ट अवार्ड प्रदान गरिने ‘इन्फा’को निर्णयपनि सार्वजनिक गरियो । त्यस्तै नेपाल क्लब हङकङका अध्यक्ष रिता गुरुङले पनि देश बाहिर अवार्ड कार्यक्रमको आयोजना गरेर नेपाली चलचित्रको बजार विस्तार गर्न लागिएको बताइन् । नेपाल क्लब हङकङसगको सहकार्यमा पहिलो संस्करणको इन्फा अवार्ड त्यहाको युगल थिएटरमा सम्पन्न हुदैछ । इन्फाको टाइटल स्पोन्सर ‘नेबिको’ ले गरेको छ । अवार्डमा हङकङगेली नेपालीवासी र नेपाली चलचित्रका कलाकार तथा प्राविधिकको सहभागीता रहनेछ ।

मनोनयन सार्वजनिक नै भब्य

infa film awards 2070 in hong kong nomination (5)

उत्कृष्ट्र पाचको मनोनयनलाई आयोजक टिमले भव्य बनाएको थियो । होटल हायतको कार्यक्रम कक्षमा हास्यब्याङग्य, गायन तथा नृत्य प्रस्तुत गरिएको थियो । हास्य अभिनेता जितु नेपालले कार्यक्रमको सुरुवातीमा हसाएका थिए । तर जव अर्का हास्य अभिनेता विल्सन विक्रम राई स्टेजमा उक्लिए कार्यक्रमको माहोल नै परिवर्तित भयो । होटलका कामदारहरु नै पेट मिचिमिची हासेका थिए । विल्सन स्टेजमा बोलिरहदा पछाडीपट्टीबाट स्किन प्लेमा जहा विल्सन त्याहा नो टेन्सन भनेरे लेखिएको थियो । उता माला सुब्बा, नन्दिता केसी, केकी अधिकारी, यशराज गराच, प्रियंका कार्की, र नरेश विर सिंहले आकर्षक नृत्य प्रस्तुत गरेका थिए ।

[gss ids=”5849,5845,5844,5842,5843,5853,5848,5847,5846,5840,5839,5837,5838,5841,5851,5850″]

विभिन्न २० विधामा प्रदान गरिने ‘इन्फा अवार्ड २०७०को’ उत्कष्ट्र पाचको नोमिनेशन यस्तो छ ।
१. सर्वोत्कृष्ट फिल्म
नाई न भन्नु ल २
छ एकान छ
महशुस
मोक्ष
होस्टेल
२. सर्वोत्कृष्ट निर्देशक
विकास आचार्य – नाई न भन्नु ल २
दिनेश डिसी – छ एकान छ
नवल नेपाल – महशुस
सबिर श्रेष्ठ – काली
सुरज सुब्बा ‘नाल्बो’ – वितेका पल
३. सर्वोत्कृष्ट अभिनेता
आर्यन सिग्देल – महशुस
सौगात मल्ल – फिटकिरी
यश कुमार – वीर
किशोर खतिवडा – ढुवानी
अनुभव रेग्मी – नाई न भन्नु ल २
४.सर्वोत्कृष्ट अभिनेत्री
नम्रता श्रेष्ठ – मौन
रेखा थापा – काली
प्िरयंका कार्की – झोले
नीता ढुंगाना – छ एकान छ
केकी अधिकारी – महशुस
५. सर्वोत्कृष्ट सह अभिनेता
निर शाह – महशुस
सुरज सिंह ठकुरी – नाई न भन्नु ल २
बाबु बोगटी – वितेका पल
श्याम राइ – प्रोड्युसर
सुवास थापा – तोरी लाहुरे
६.सर्वोत्कृष्ट सह अभिनेत्री
बसुन्धरा भुसाल – पराई
प्िरयंका कार्की – नाई न भन्नु ल २
नन्दिता केसी – पराई
बेनिषा हमाल – मोक्ष
७.सर्वोत्कृष्ट हास्यकलाकार
सिताराम कट्टेल – छ एकान छ
जय किसन बस्नेत – दुइ दुना पाच
विल्सन विक्रम राई – प्रोड्युसर
दिपक राज गिरि – छ एकान छ
सन्दीप क्षेत्री – छ एकान छ
८. सर्वोत्कृष्ट खलपात्र
सुवास थापा – किन किन
झरना थापा – कोहि त् छ
दयाहाङ राई – लो ? र
मुकेश आचार्य – मुटु
९.सर्वोत्कृष्ट संगीतकार
बसन्त सापकोटा – नाई न भन्नु ल २
सुरेश अधिकारी – महशुस
डम्बर नेपाली – बितेका पल
बसन्त सापकोटा – काली
अर्जुन पोखरेल – बिन्दास२
१०. सर्वोत्कृष्ट कथा
विकास आचार्य – नाई न भन्नु ल २
प्रविन श्रेष्ठ – मोक्ष
नविन गौली र सुरज भुषाल – मौन
बिनोद पौडेल – साँघुरो
पिताम्बर पाण्डे – ढुवानी
११.सर्वोत्कृष्ट पटकथा तथा संवाद
विकास आचार्य – नाई न भन्नु ल २
हेमराज विसी – होस्टेल
दिपक राज गिरि – छ एकान छ
सुरज सुब्बा ‘नाल्बो’ – वितेका पल
१२. सर्वोत्कृष्ट गीतकार
डा. कृष्ण हरि बराल – नाई न भन्नु ल (मर्ने कसैलाई)
डा.कृष्ण हरि बराल – नाइँ न भन्नु ल (यी आखामा)
प्रविन श्रेष्ठ – मोक्ष (खुल्ला आकासमा)
भुपेन्द्र खड्का – झोले (तिमि नै मेरो)
राम अविरल – बिन्दास (सुन्छु तिमीले मलाइ)
१३. सर्वोत्कृष्ट पाश्र्व गायन ”पुरुष”
प्रेम परियार – नाइँ न भन्नु ल (यी आखामा)
स्वरप राज आचार्य – नाई न भन्नु ल (मर्ने कसैलाई)
प्रल्हाद तिमल्सिना – काली (स्लोली स्लोली)
राजेश पायल राइ – झोले (तिमिनै मेरो)
शिव परियार – बिन्दास (सुन्छु तिमीले मलाई)
१४. सर्वोत्कृष्ट पाश्र्व गायन ”महिला”
मिलन अमात्य – काली ”स्लोली स्लोली”
दुर्गा परियार – महशुस ”दिल चुप छ”
प्रकृति गिरि – वितेका पल ”जब साँझ पर्छ”
दुर्गा खरेल – बिन्दास (सुन्छु तिमीले मलाइ)
अन्जु पन्त – हो यहि माया हो ”यति धेरै माया”
१५. सर्वोत्कृष्ट नव नायक
अनमोल केसी – होस्टेल
सलोन बस्नेत – होस्टेल
कोसिश क्षेत्री – मोक्ष
सुशांक मैनाली – साँघुरो
अभिनास गुरुङ – वितेका पल
१६. सर्वोत्कृष्ट नव नायिका
सुजाता कोइराला – मन्जरी
प्रकृति श्रेष्ठ – होस्टेल
सगुन शाही – ढुवानी
कोमल ओली – राजनीति
जश्मीन श्रेष्ठ – मेरो मनको साथी
१७. सर्वोत्कृष्ट द्वन्द
हिमाल केसी – वार
रोशन श्रेष्ठ – काली
राजेन्द्र खड्गी – नथीङ इम्पोसिबल
१८. सर्वोत्कृष्ट सम्पादन
अनन्त थपलिया – छ एकान छ
लोकेस बज्राचार्य – कर्कस
अन्जय खड्का – साँघुरो
सुरेन्द्र पौडेल – होस्टेल
प्रविन श्रेष्ठ – मोक्ष
१९.सर्वोत्कृष्ट नृत्य निर्देशक
कविराज गहतराज – काली (स्लोली स्लोली)
कविराज गहतराज – लो ? र (एकासी दुक्कासी)
साइमोन – प्रोड्युसर तिम्रो आखाहरु
रेनेशा राई – झोले (तिमि नै मेरो)
२०. सर्वोत्कृष्ट छायांकन
हरि लामा – वितेका पल
पुरुषोत्तम प्रधान – ढुवानी
दिव्या सुबेदी – महशुस
मोक्ष टिम – मोक्ष

प्रतिक्रिया