Bisal Chautari Logo

अलबिदाको ट्रेलर सार्वजनिकमा हिरोइन नआउदा, आर्यन आइटम गर्ल पल्लवीसंग नजिक

- २८ आश्विन २०७१, मंगलवार १८:१८ मा प्रकाशित


Nepali movie Alvida Aaryan Sigdell, Hassan Khan and Pallavi Bhatta
विशाल चौतारी समाचार
काठमाडौं, २०७१, असोज २८ मंगलवार । प्रर्दशनका लागी तयारीमा बसेको चलचित्र ‘अलबिदा’को ट्रेलर सार्वजनिक भएको छ । काठमाडौ सुन्धारा स्थित सिभील ट्रेड सेन्टरमा आयोजित एक औपचारीक कार्यक्रमको आयोजना गरी चलचित्रको ट्रेलर सार्वजनिक गरिएको थियो । साथै चलचित्र निर्माता संघका अध्यक्ष तथा प्रमुख अतिथी राजकुमार राई र चलचित्रका कलाकार, प्राबिधिक तथा अतिथीले अडियो सिडीको बिमोचन समेत गरे । Nepali movie Alvida Aaryan Sigdell, Hassan Khan and Pallavi Bhatta (1)
सो कार्यक्रममा चलचित्रकी मुख्य अभिनेत्री अनिता आचार्य नआउदा अभिनेता आर्यन सिग्देल आइटम गर्ल पल्लवी भट्टसंग नजिक देखिएका छन् । लक्ष्मण रिजालको निर्देशनमा बनेको यो चलचित्रलाई हसन खानले निर्माण गरेका हुन् । केशव घिमिरेको सह–लगानीमा बनेको यो चलचित्रमा आर्यन सिग्देलको अलवा हसन खान र अनिता आचार्यको मुख्य भूमिका छ । लामो समयपछि पल्लवी भट्टले यो सिनेमामा आइटम नृत्य गरेकी छिन् । प्रेमकथामा आधारीत यो चलचित्रमा ताराप्रकाश लिम्बुले संगीत दिएका छन् ।
एचआरके फिल्मस्को ब्यानरमा बनेको चलचित्रभित्र ४ वटा गीत समावेश छन् । जसमा ताराप्रकाश लिम्बु, मनिषा पोख्रेल, सन्तोष लामा र बादल प्रसाइले आवाज दिएका छन् । चलचित्रमा रामेश्वर कार्कीको छायांकन, लक्ष्मण रिजाल र विशाल सापकोटाको पटकथा छ । अभिनेता सिक्देलले चलचित्र छायांकनका लागि निक्कै मिहिनेत गरेको भन्दै सिनेमा सफल हुनेमा विश्वास ब्याक्त गरे । यता, निर्देशक लक्ष्मण रिजालले अन्य चलचित्रको भन्दा आफ्नो चलचित्रको कथावस्तु भिन्न रहेकाले चल्नेमा ढुक्क रहेको जनाए । फिल्म ”अलबिदा” पौष २५ गतेबाट प्रदर्शनमा आउने भएको छ ।

[gss ids=”5832,5830,5829,5831″]

Nepali movie”Alvida” starring Aaryan Sigdell, Hassan Khan and Anita Acharya directed by Laxman Rijal

प्रतिक्रिया