Bisal Chautari Logo

स्व.रेग्मिका फ्यानलाई ‘पराई’ हेर्न कलाकारको आग्रह (फोटो फिचर सहित)

- २४ पुष २०७०, बुधबार १४:२४ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, २४ पुस ।
यहि २६ गतेबाट रिलिजमा आउन लागेको चलचित्र ‘पराई’ को बारेमा जानकारी गराउन बुधबार राजधानीमा एक पत्रकार सम्मेलन आयोजना गरिएको थियो । सो अवसरमा बोल्दै चलचित्रकी अभिनेत्री गरिमा पन्तले प्रचारको शैलीमा चलचित्र हेर्न जादा बाटोमा मात्र दर्शकहरु पराई हुने, चलचित्र हेरीसकेपछि सबै दर्शकहरु आफन्त हुने बताएकि छिन् ।
त्यस्तै कार्यक्रमै चलचित्रका अभिनेता तथा वितरक गोविन्द शाहीले चलचित्रलाई स्वर्गिय वरिष्ठ निर्देशक शिव रेग्मिको अन्तिम चलचित्र भएकालेपनि हेर्नपर्ने बताए । अभिनेता शाहीले ‘पराई’ एकपटक हेरेर स्वर्गीय निर्देशक शिव रेग्मीप्रति श्रद्धाञ्जली व्यक्त गर्न दर्शकलाई आग्रहपनि गरेका थिए । त्यस्तै, अर्का चलचित्रका अभिनेता निरज बरालले चलचित्र ‘पराई’ उत्कृष्ट चलचित्र बनेको बताए । उनलेपनि चलचित्रका निर्देशक शिव रेग्मिलाई जोडेरै चलचित्र हेर्न दर्शकहरुलाई आग्रह गरे ।
‘पराई’बारे जानकारी गराउन आयोजित पत्रकार सम्मेलनमा बढी समय स्वर्गीय निर्देशक शिव रेग्मीकै चर्चामा खर्चिएको थियो । चलचित्र ‘पराई’ निर्देशक रेग्मीको दोस्रो अन्तिम चलचित्र हो । त्यसैले स्वर्गीय रेग्मीको प्रशंग र चर्चामै कार्यक्रम केन्द्रित भएको थियो ।
दीपक कुमार शाही, कुन्ती शाही, गोविन्द शाही र कमल खड्काको संयुक्र निर्माणमा बनेको चलचित्र ‘पराई’मा बसन्त सापकोटाको संगीत र शम्भु सापकोटाको छायांकन रहेको छ । चलचित्रमा विपिन मल्लको सम्पादन र हिमाल केसीको दन्द्ध रहेको छ । पूर्ण पारिवारिक ड्रामा लभस्टोरी चलचित्र ‘पराई’ मा निरज बराल, गोविन्द शाही, गरिमा पन्त र नन्दिता केसीको मुख्य अभिनय रहेको छ । साथै चलचित्रमा राजबल्लभ कोइराला र रेजिना उप्रेतीले अतिथि भूमिका निभाएका छन् । क्रियटिभ फिल्मस् क्रियशनको ब्यानरमा निमिर्त चलचित्र ‘पराई’ राजधानी लगायत देशका करिब चालिस सिनेमा हलमा एकैसाथ प्रदर्शन हुँने कार्यक्रममा जानकारी गराइएको थियो ।
 
 

प्रतिक्रिया