Bisal Chautari Logo

‘हमजाएगा’को गीत सहित ट्रेलर रिलिज (भिडियो सहित)

- २८ आश्विन २०७१, मंगलवार १६:०६ मा प्रकाशित


Humjayega (Nepali Movie)- Official Trailer
विशाल चौतारी समाचार
काठमाडौं, २०७१, असोज २८ मंगलवार । रोमान्टिक कमेडीको ट्याग दिएर प्रचार प्रसारमा रहेको चलचित्र ‘हमजाएगा’को ट्रेलर रिलिज गरिएको छ । आज काठमाडौमा एक कार्यक्रमको आयोजना गर्दै चलचित्र युनिटले प्रोमो र गीत सार्वजनिक गरेको हो । मङसिर ५ गतेबाट सार्वजनिक हुने चलचित्रको प्रदर्शनको लागि लगभग एक महिनाको समय बाकी रहदा चलचित्र युनिटले प्रचार–प्रसारलाई तिब्रता दिएको हो ।Humjayega (Nepali Movie)- Official Trailer (1)
ट्रेलर रिलिज कार्यक्रममा बोल्दै चलचित्रका निर्देशक सुरेन्द्र पुनले भने ‘यो रोमान्टिक कमेडी चलचित्र हो, यसले पूर्णतया मनोरंजन दिन्छ ।’ रोमान्टिक कमेडी भनिएको चलचित्र ‘हमजाएगा’मा विल्सन विक्रम राई , बाबु बोगटी , मनोज आरसी, रवी गिरि, पार्वती राई , ऋचा धिताल , श्याम राई लगायतको अभिनय रहेको छ । मुनाल फिल्म्सको ब्यानरमा निमिर्त यस फिल्मका प्रस्तुतकर्ता भोज गुरुङ हुन् । यसमा टंक गुरुङ , सुर्य ब्लोन , ओम कुमार पुन , सरस्वती लामाको लगानी रहेको छ ।

[gss ids=”5818,5820,5824,5819,5821″]

Humjayega (Nepali Movie)- Official Theatrical Trailer
starting- Wilson Bikram Rai,(Takme),Babu Bogati, Parbati Rai Reecha Dhital,Rabi Giri, Shyam Rai, Prajwal Giri,

प्रतिक्रिया