Bisal Chautari Logo

बबरमहल सवारी दुर्घटनामा, तीनको मृत्यु, ६ घाइते

- २७ आश्विन २०७१, सोमबार १५:४१ मा प्रकाशित


BabarMahal vehicle accident, killed, 6 injured
विशाल चौतारी समाचार
काठमाडौं, २०७१, असोज २७ सोमवार । बबरमहलस्थित काठमाडौं जिल्ला अदालतअगाडि आज सोमबार साझ मिनीबसले ४ मोटरसाइकललाई ठक्कर दिदा तीन जनाको घटना स्थलमै मृत्यु भएको छ । ६ जना घाइते भएका छन् । मृतकमध्ये दुई जनाको पहिचान खुलेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता डिएसपी दिनेश आचार्यका अनुसार महोत्तरीका तिलकुमार गौतम र बाराका मकदुद मिया ठकुरायनको मृत्यु भएको हो । एकजनाको पहिचान खुल्न सकेको छैन । कैलालीका पदम प्रसाद शर्मा र पाचथरका यमकुमार मगर गम्भीर घाइते भएका छन् ।

BabarMahal vehicle accident, killed, 6 injured
BabarMahal vehicle accident, killed, 6 injured

बनेपाबाट रत्नपार्कतर्फ आइरहेको बा.१ख. ८६७६ नम्बरको मिनीबसले तीब्र गतिका कारण अनियन्त्रित भई तीनवटा मोटरसाइकललाई ठक्कर दिएको थियो । ठक्कर दिएर पल्टिएको मिनीबसले अर्को एउटा मोटरसाइकललाई किचेको थियो । मिनीबसले १२५ सिसीको डिस्कभर, एक्सट्रिट आर, युनिकर्न र ग्यालियटर बाइकलाई ठक्कर दिएको थियो । घटनास्थलमा रहेका महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रवक्ता वसन्त पन्तका अनुसार उपचारका लागि वीर अस्पताल पुर्‍याइएकामध्ये तीन जनाको मृत्यु भएको हो । ६ जनाको उपचार भइरहेको छ । घाइतेमध्ये एकजनाको अवस्था गम्भीर छ ।

[gss ids=”5812,5813,5811″]

प्रतिक्रिया