Bisal Chautari Logo

रेखा र प्रधानमन्त्रिलाई मात्र चिन्ने राउटेले ‘हिम्मतवाली’ हेरे || रेखाले दिइन् तिहार खर्च

- २६ आश्विन २०७१, आईतवार १७:३१ मा प्रकाशित


rekha thapa and raute himmatwali
विशाल चौतारी समाचार
काठमाडौं, २०७१, असोज २६ आइतवार । चलचित्र ‘हिम्मतवाली’ राउटेहरुलाई देखाईएको छ । सुर्खेतबाट सरकारको तर्फबाट दशै तथा तिहार खर्च लिन आएका राउटेहरुले हिजो शनिवार ‘हिम्मतवाली’ अभिनेत्री रेखा थापाको साथमै हेरेका हुन् ।
चलचित्र हेरेपछि राउटेहरु निकै खुशी मुद्रामा देखिए । चलचित्र हेरीसकेपछि सञ्चारकर्मीहरुसग कुरा गर्दै काठमाण्डौंमा प्रधानमन्त्री सुशील कोइराला र रेखा थापालाई मात्रै आफुहरुले चिनेको प्रतिक्रिया दिए । राउटे मध्येका एकले भने–‘रेखा थापा चलचित्रमा मात्रै होइन, ब्यबहारमा पनि उत्तिकै राम्री हुनुहुन्छ’ rekha thapa and raute himmatwaliराउटेहरुलाई लिएर स्वयं चलचित्रकी निर्देशक तथा अभिनेत्री रेखा र चलचित्रका मुख्य अभिनेता तथा गिनिजबुकमा नाम लिखित सुर्दशन गौतम हिजो शनिवार चावहिलको गोपी कृष्ण हलमा पुगेका थिए । अभिनेत्री थापाले उनीहरुलाई तिहार मनाउनका लागि भनेर केही रकम समेत दिईन । राउटेहरुसग बसेर चलचित्र हेर्दा आफुलाई पनि निकै रमाईलो लागेको थापाले प्रतिक्रियामा बताइन् ।rekha thapa and raute himmatwali-1
केही वर्षदेखी अभिनेत्री थापाले आफ्नै नाममा ‘रेखा थापा फाउन्डेसन’ खोलेर राउटे बच्चाहरुलाई पठनपाठन गराइरहेकी छिन् । अभिनेत्री थापानै निर्देशक समेत रहेको चलचित्र फुलपातीबाट प्रर्दशनमा आएको थियो । यो चलचित्रले दोस्रो सातामापनि हाउसफुलको ब्यापार गरिरहेको छ । नारी प्रधान कथामा बनेको चलचित्र ‘हिम्मतवाली’मा रेखा र सुर्दशनका अलावा रविन होडा, अभय चन्द, पुष्कर भट्ट लगायतले पनि अभिनय गरेका छन् ।

प्रतिक्रिया