Bisal Chautari Logo

परिणितिलाई हरपल नजिक रहने ब्वाइफ्रेण्ड चाहियो रे !

- २६ आश्विन २०७१, आईतवार १६:३६ मा प्रकाशित


Parineeti Chopra Boyfriend
एजेन्सी समाचार
मुम्बई, २०७१, असोज २६ आइतवार । बलिउड अभिनेत्री परिणीति चोपडा आफ्नो एक्लो पनलाई पुरा गर्न खोजिरहेकी छिन् । बलिउडको एक चर्चित अनलाईन पत्रिकाको अनुसार परिणीति एक ब्वाई फ्रेण्डको खोजिमा रहेको बुझिएको छ । यो कुरा उनैले खुलासा गरेका हुन् । अभिनेत्री परिणीतिले एक कार्यक्रममा बोल्ने क्रममा भनेकी छिन्, कि ‘हरेक ब्याक्तिको जिवनमा एक प्रेम कहानी हुन्छ, तर मेरो जिवनमा भने छैन ।’ Parineeti Chopra Boyfriend
उनी यस्तो ड्रिम ब्वाईफ्रेण्डको खोजिमा छन्, की जो उनलाई सधै ख्याल राख्ने, साथमा सधैसधै उनको नजिक रहीरहने । सायद परिणीति यो कुरा आदित्य रॉय कपूरलाई आफ्नो सम्बन्ध अगाडी बढाउनका लागी यी कुराहरु भनिरहेकी छिन् । जे होस् बलिउडमा अहिले यो परिणीतिको ब्वाईफ्रेण्डको विषयले चर्चा पाएका छ ।

प्रतिक्रिया