Bisal Chautari Logo

योगेन्द्रले सुजितालाई डोली चढाउने भन्दा–भन्दै (भिडियो सहित)

- २६ आश्विन २०७१, आईतवार १५:३२ मा प्रकाशित


Yogendra Rai song Timi Timi Bhanda
विशाल चौतारी समाचार
काठमाडौं, २०७१, असोज २६ आइतवार । गायक योगेन्द्र राई पछिल्लो समय धेरै माया पिरतीमा रमाउने गरेका छन् । कहिले दिङ्ला बजारमा गएर माया पिरती लगाउछन्, भने कहिले डोली चढाउने कुरा गर्छन् । Yogendra Rai song Timi Timi Bhanda (1)
प्रसंग हो पछिल्लो समयका ब्यास्त गायक योगेन्द्र राईको । गायक राईले यी सबै माया पिरतीका कुराहरु आफ्ना गीतहरु मर्फत गरेका हुन् । केही समय अगाडी नोभेम्भर रेनबाट डल्लि उप–नामले परिचित अभिनेत्री छुल्टिम गुरुङलाई आफ्नो म्युजिक भिडियोमा खेलाएर चर्चामा रहेका गायक योगेन्द्रले पुन: अर्को म्युजिक भिडियो सार्वजनिक गरेका छन् । Yogendra Rai song Timi Timi Bhanda (2)
‘तिमी तिमि भन्दा भन्दै कती बिते दिनहरु’ बोलको गीतमा गायक योगेन्द्र स्वयम र सुजिता स्याङतेनले सार्वजनिक भिडियोमा मोड्लिङ गरेका छन् । म्युजिक भिडियोमा दुई जोडीले खुबै मस्ति गरेकापनि छन् । उत्साह एल्बममा समावेश रहेको गीतलाई शब्द, संगीत, स्वर र मोड्लिङ आफ्नै रहेको छ । निर्देशन, क्यामेरा, एडिट भने विशाल थापाले गरेका छन् । म्युजिक भिडियोको सुटिङ पोखरामा धेरैजसो भएको छ ।

Sujita Sangtan , Yogendra Rai, bishal thapa

प्रतिक्रिया