Bisal Chautari Logo

भावना बैसको झड्का लिएर हङकङ जादै

- २४ पुष २०७०, बुधबार १७:४५ मा प्रकाशित


काठमाडौं, २४ पुस । केहि वर्ष अगाडिका चर्चित मोडल भावना गुरुङ केही समय अगाडीदेखी नेपालमा रहेकी छिन् । तर मोडल भावना कार्यक्रमका लागी छिट्टै हङकङ जाने भएकी छिन् । बिशाल चौतारीसंगको कुराकानिमा मोडल भावनाले आफु हङकङमा हुने कार्यक्रमका लागी अहिले डान्स सिक्नमा व्यास्त रहेको बताएकी छन् । 
चाईनिज नयाँ वर्षमा हुन लागेको हङकङमा हुने कार्यक्रममा मोडल भावनाले २ गीतमा डान्स प्रस्तुतबाट जलवा देखाउने भएकी हुन् । अहिले सम्म गरिएको कार्यक्रमहरु मध्ये यस कार्यक्रमलाई विशेष भएकाले डान्स पर्फमेन्सको तयारी धेरै समय गरिरहेकोपनि भावनाले बताईन् । अहिले मोडल भावना गुरुङलाई पुनम राईले डान्सको कोरीयोग्राफि विशेष रुपले गराइरहेका छन् । हङकङ कार्यक्रमका लागी मोडल भावना सहित गायक सविन राई, मिलन लामा लगायत १२ जनाको टोलि कार्यक्रमका लागी जान लागेको बताईन् ।
कार्यक्रममा मोडल भावनाले दुई गित मध्ये चलचित्र ‘लुट’ र ‘दवाब’को गितहरुमा डान्स प्रस्तुत गर्न लागेको बताएकि छिन् । चलचित्र लुटको चर्चित गित ‘उध्रेको चोलीमा चाहि आयोजकको रिक्वेष्टमा आफुले डान्स प्रस्तुत गर्न लागेको बताईन् । चलचित्र दवाबको गित ‘मेरो पावरफुल बैसको झड्काले’ बोलको गितमा आफ्नै च्वाईजमा डान्स प्रस्तुत गर्न लागेको भावनाले बताईन् ।  
पछिल्लो समयमा मोडल भावना विभिन्न म्युजिक भिडियोहरुमापनि व्यास्त रहेकी छिन् । आफुले अभिनय गरेको ८ वटा म्युजिक भिडियोहरु रिलिज हुने तयारीमा रहेकोपनि कुराकानिमा भावनाले बताईन् । अहिले आउन लागेको भिडियोहरु राजेश पायल राई, अन्जु पन्त, दिपक लिम्बु, प्रमोद खरेल, बिपी वाग्ले लगायतका गायक गायिकाहरुको म्युजिक भिडियोमा आउन लागेकी हुन् । यस भन्दा अगाडी मोडल भावनाले करिव २ दर्जन भन्दा बढि म्युजिक भिडियोहरुमा काम गरिसकेकी थिईन् । मोड्लिङमा सकृय भईरहेकै समयमा आफु विदेशमा गएर बसेपछि केहि हराए जस्तो भएपनि नेपाली मोड्लिङ क्षेत्रलाई सधै माया गर्ने, र अंगालि रहने बताईन् । मोडल भावनाले एक गुरुङ भाषाको चलचित्रपनि गरेकि थिईन्, भने विभिन्न देशहरुमा र्‍याम्प शोपनि गरेकि छिन् । मोडल भावना गुरुङ र्‍याम्पकै लागी युके, हङकङ, मलेसिया, कतार, कोरीया लगायतका देशहरुमा आफुले र्‍याम्पमा हिडेको बताईन् । मोडल भावना गुरुङ अव छिट्टै नेपाली कथानक चलचित्रमा आउनेपनि बताएकि छिन् । चलचित्रको बारेमा कुराकानि भईरहेको बताएपनि भावनाले चलचित्रको नाम तथा सो बारेमा केहि अहिले खुलाउन नसक्ने बताईन् ।

प्रतिक्रिया