Bisal Chautari Logo

हङकङमा ‘भिमदत्त‘ चल्ने

- २५ पुष २०७०, बिहीबार ०५:४३ मा प्रकाशित


काठमाडौं, २४ पुस । अभिनेता तथा निर्माता नवल खड्काको निकै लामो समयपछि आउन लागेको चलचित्र ‘भिमदत्त’ विभिन्न कारणबाट चर्चा रहेको छ । राणा कालमा कृषि क्रान्ती र प्रजातन्त्रको पक्षमा आवाज उठाएर साहदत प्राप्त गरेका भिमदत्त पन्तको जीवनकथामा आधारित रहेको चलचित्र ‘भिमदत्त’को शो हङकङमा गरिने भएको छ । 
हङकङ शहरमा चलचित्र ‘भिमदत्त’ को शो मार्च २ तारिखमा हुने चलचित्रका अभिनेता नवल खड्काले बताएका छन् । ‘गोर्खा सन एण्ड डटर्स संघ’ले त्यहाँ शो सञ्चालन गर्ने लागेको नवलले बताएका छन् । अभिनेता नवलले नेपाली स्वतन्त्र राजनीतिज्ञको चलचित्रलाई विश्वभर नै प्रदर्शन गर्ने चलचित्र युनिटको रहेकोपनि बताएका छन् । पोष्ट प्रोडक्सनको अन्तिम चरणमा रहेको चलचित्र देखाउने बारे अन्य मुलुकमा छलफल भैरहेको निर्माता खड्काले बताएका छन् । नेपालमा भने यो चलचित्र आउँदो ०७१ सालमा मात्रै प्रदर्शन गर्ने लक्ष्य राखिएको छ । हिमग्याप टासीद्धरा निर्देशित चलचित्र ‘भिमदत्त’ मा निर्माता नवल खड्का भिमदत्तको भूमिकामा प्रस्तुत भएका छन्, भने अभिनेत्री सुमीना घिमिरे भिमदत्तको पत्नी र अभिनेत्री निशा अधिकारी अनुसन्धानकर्ताको भूमिकामा प्रस्तुत भएका छन् । भिमदत्तको जन्मथलो डढेलधुरा लगायतका स्थानमा छायाँकन गरिएको चलचित्रमा श्रीराम पुडासैनी, कविता शर्मा लगायतको भूमिका छ ।

प्रतिक्रिया