Talakjung Vs Tulke Official TRAILER
विशाल चौतारी समाचार
काठमाडौं, २०७१, असोज २५ शनिवार । सुपरहित ब्लकबस्टर चलचित्र ‘लुट’का निर्देशक निश्चल बस्नेतद्धरा निर्देशित दोस्रो सिनेमा ‘टलकजंग भर्सेस टुल्के’को ट्रेलर सार्वजनिक गरिएको छ । हिजो शुक्रवार काठमाडौ स्थित राइजिङमलमा रहेको क्यू सिनेमाजमा चलचित्रको २ मिनेट १५ सेकेन्डको ट्रेलर सार्वजनिक गरिएको हो ।
कार्यक्रममा बोल्दै चलचित्र राम्रो बनेको विस्वास ब्याक्त गर्दै निश्चलको अघिल्लो सिनेमाका निर्माता माधव वाग्ले ढुक्क देखिए । निश्चललाई एउटा राजाको रुपमा परिभाषित गर्दै भने, ‘राजको छोरा जस्तो भएपनि राजकुमार नै हुन्छ ।’ यस चलचित्रको वितरको रुपमा वाग्ले नै रहेका छन् ।
कार्यक्रममा बोल्दै निर्देशक निश्चल बस्नेत चलचित्रको अन्तिम काम भइरहदा कन्फिडेन्टका साथ देखिएका छन् । चलचित्र राम्रो बनाउने प्रयास गरेको बताउदै निश्चलले मन नपर्ने दर्शकले सिधै आफुलाई गाली गर्न अनुरोध नै गरे । उसो त अघिल्लो चलचित्र लुटले दिलाएको साख कायम राख्ने चुनौती निश्चलका सामू छ । तर निश्चलले कन्फिडेन्ट हुदै भने– ‘प्रविधि र परिस्थितिका कारण नेपालमा सोचलाई दुरुस्त उतार्न नसकिने रहेछ । जस्तो : एउटा बन्दुक पड्काउने सिन छ भने नेपालमा त्यसलाई राम्रो देखाउन सक्ने प्रविधिको कमीपनि छ । त्यसैले म बन्दुक पड्काउने सिनमा बारुद राखेरै भएपनि त्यो अभावको पुर्ति गर्छु । अघिल्लो चलचित्रमा सोचको ६० प्रतिशत मात्रै फिल्ममा उतार्न सकिएको थियो, यो पल्ट १० प्रतिशत थप भएर ७० प्रतिशत दिन सकिएको छु’ निर्देशक निश्चलले बताए ।
साहित्यकार बुद्धिसागरले सहजीकरण गरेको कार्यक्रममा उक्त नाटकका लेखक खगेन्द्र लामिछानेले शिर्ष पात्र टुल्केको भूमिकामा देखिएका छन् । नाटक, , रेडियो नाटकमा अत्याधिक रुचाइएका लेखक तथा अभिनेता खगेन्द्रको भित्री चाहना कलाकार बन्ने रहेको कार्यक्रममै बताए । त्यो सपना अहिले आएर साकार भएको बताउदै उनले भने, ‘चलचित्रको टुल्के र मेरो संघर्षमा धेरै मेल खान जान्छ, म कलाकार बन्न चाहन्थेँ तर निर्देशकले मेरो लुक्स हेरेरै टार्थे । त्यस्तै सिनेमामापनि यस्ता धेरै सिनहरु छन् ।’ यो चलचित्रको सुरुवातीको निर्माता तथा जोरजाम गर्ने भने मोहन डोटेल रहेको बताए । चचिर्त नाटकलाई चलचित्रमा रुपान्तरण गरिएको ‘टलकजंग भर्सेस टुल्के’मा एउटा पात्रको संघर्षका कथा उनिएको छ । एक नेपाली सोझो गाउँले युवाले आफ्नो गुमेको पहिचाहन खोज्न गरेको संघर्षको कथा र उसले समाजलाई हेर्ने दृष्टिकोणलाई हास्य रसमा देखाउन खोजिएको चलचित्रका लेखक लामिछानेले बताए । चलचित्रमा थारु युवतीको भूमिकामा रहेकी ऋचा शर्माले त्यो क्षेत्रको लवजका लागि आफूले धेरै मिहेनत गर्नुपरेको बताउदै भनिन्, ‘थारु गाउँमैं जन्मेहुर्केकाले त्यस्तो लुक्स बनाउन खासै गाह्रो भएन, तर त्यो क्षेत्रको लवज निकाल्न चाही साह्रै मिहनेत गर्नपर्यो ।’
त्यस्तै चलचित्र ‘साँघुरो’बाट दर्शकहरुका सामु अभिनेताको रुपमा चिनिएका अभिनेता शुशांक मैनालीले थिएटरका कलाकारसँग काम गर्दाको रमाइलो अनुभव सियर गरे । उता चलचित्रका कार्यकारी निर्माता रविन्द्रसिंह बानियाँ नेपाली चलचित्रकर्मीको आपसमा रहने गरेको कटुताप्रति चिन्तित देखिए । उनले भने, ‘सानो केक बनाएर त्यसैमा लुछाचुँडी गर्ने होइन, केक नै ठूलो बनाउन लागि परौं ।’
चलचित्रमा खगेन्द्र लामिछाने, दयाहाङ राई, ऋचा शर्मा, शुशांक मैनाली, रबिन्द्र सिंह बानियाँ, प्रकाश घिमीरे, रजनी गुरुङ, बुद्धी तामाङ, राज थापा, जुनु विष्ट लगायतका कलाकारको मुख्य अभिनय रहेको छ ।
यो चलचित्र षट्कोण आर्टस् र ब्ल्याकहर्स पिक्चर्सको संयुक्त व्यानरमा बनेको हो। यस चलचित्रका निर्माताहर रामकुमार बानियाँ, रोजिना सिटौला र सिता श्रेष्ठ हुन्। फिल्म कातिर्क १४ गते रिलिज हुँदैछ ।
Talakjung Vs Tulke Official TRAILER
Director: Nischal Basnet ,Writer:Khagendra Lamichhane, Producer: Rabindra Singh Baniya,
Black Horse Pictures & Shatkon Arts Production
Director: Nischal Basnet , Producer: Rabindra Singh Baniya, Writer:Khagendra Lamichhane, Black Horse Pictures & Shatkon Arts Presents.
प्रतिक्रिया