Bisal Chautari Logo

नेफ्टाद्धरा करिश्मालाई ‘सदावहार’ अभिनेत्रीको उपमा

- १२ आश्विन २०७१, आईतवार १८:५१ मा प्रकाशित


karishma manandhar nefta award 2014 in hong kong samman
विशाल चौतारी समाचार
काठमाडौं, २०७१, असोज १२ आइतबार । हङकङमा हुन लागेको नेफ्टा अवार्ड नजिकीदै गर्दा नेपाल चलचित्र प्राविधिक संघले अभिनेत्री करिश्मा मानन्धरलाई ‘सदावहार’ अभिनेत्रीको उपमा दिएर सम्मान गर्ने पक्का भएको छ । karishma manandhar nefta award 2014 in hong kong samman
कातिर्क ३ गते हङकङमा आयोजना हुने नेफ्टा अवार्डमा अभिनेत्री मानन्धरलाई ‘सदावहार’ अभिनेत्रीको उपमा दिएर सम्मान गरिने बताइएको छ । आईतबार बसेको प्राविधिक संघको कार्य समिति बैठकले अभिनेत्री मानन्धरलाई ‘सदावहार’ को उपमा दिएर सम्मान गर्ने निर्णय गरेको हो । प्राविधिक संघका अध्यक्ष मनोज केसीले बताए अनुसार अभिनेत्री मानन्धरले नेपाली चलचित्र क्षेत्रलाई दिएको योगदान र जादुमय सौन्दर्यतालाई आधार बनाएर उक्त उपमा दिइने निर्णय भएको बताए । यसअघि नेफ्टाले अभिनेता राजेश हमाललाई ‘महानायक’ र वरिष्ठ चलचित्रकर्मी निर शाहलाई ‘अभिनय शिरोमणी’ को उपमा दिएर सम्मान गरेको थियो । सातौं संस्करणको नेफ्टा अवार्डको लागि यतिबेला कलाकारहरुले नृत्य प्रशिक्षणको क्रममा रहेका छन् । जसको कोरीयोग्राफि रिनेशा राईले गरिरहेकी छिन् ।

प्रतिक्रिया