Bisal Chautari Logo

तमसको निर्माण घोषणासंगै अडियो गीत रिलिज

- १२ आश्विन २०७१, आईतवार १८:११ मा प्रकाशित


tamash nepali movie
विशाल चौतारी समाचार
काठमाडौं, २०७१, असोज १२ आइतबार । नेपाली चलचित्र क्षेत्रमा सिनेमा बन्ने क्रमले अहिले अझ बढी प्राथमिकता पाएको छ । यस्तै क्रममा गत शनिबार राजधानीमा चलचित्र ‘तमस’ निर्माण घोषणा गरिएको छ । tamash nepali movie
अभिनेता केसीको प्रमुख आतिथ्यमा आन्ट्स हिल प्रोडक्शनले चलचित्र ‘तमस’ (अ वार्क इन द डार्क) निर्माणको घोषणा गरेको छ । चलचित्र निर्माणको घोषणा सगै ‘माया गर्छु’ ‘हे दैव यो’ र ‘तिम्रो माया’ बोलका तीन अडियो गीतहरुको अडियो समेत सार्वजनिक गरियो । गीतमा विक्रम लिम्बु र मेलिना राईले स्वर दिएका छन् भने संजोग लिम्बुले संगीत भरेका छन् । गायिका मेलीना पछिल्लो समय पाश्र्व गायनमा निकै ब्यास्त रहेकी छिन् ।
प्रकाश बस्नेतले निर्देशन गर्ने यस चलचित्रमा राजीन श्री आचार्य र भावना मल्ले मुख्य अभिनय गर्ने बताइएको छ । चलचित्रमा शैनिक शिवाकोटी, राजीव सेढांइ, यराधा सुवेदी, युनिशा कटवाल र सुमित झाको पनि अभिनय रहने छ ।
केशरजंग थापा र भावना मल्लको संयुक्त लेखन रहेको उक्त चलचित्रले अपांगतालाई प्रमुख विषयवस्तु बनाएर अनुसन्धानमुलक प्रयोगबाट कलात्मक पक्षलाई ध्यानमा राखी मनोरंजन दिलाउने बताइएको छ । व्यक्ति अपांग भएपछि उसको जीवनमा आउने उत्तरचढावलाई चलचित्र ‘तमस’ मा उतारिने उनले बताए । चलचित्रलाई नरेन रुम्बा र राजीव आचार्यले खिच्नेछन् । ‘तसम’ को छायाकन यही असोज १९ गतेदेखि सुरु हुनेछ ।

[gss ids=”5754,5755,5753″]

प्रतिक्रिया