Bisal Chautari Logo

फ्राईडे रिलिज :- यस वर्षको अपेक्षीत चलचित्र भोलिबाट

- २५ पुष २०७०, बिहीबार १६:०० मा प्रकाशित


फ्राईडे रिलिज
विशाल चौतारी समाचार
काठमाडौं, २५ पुस ।
यस वर्षको सर्वाधिक प्रतिक्षा गरिएको चलचित्रहरु एकैसाथ भोलिबाट प्रर्दशनमा आउने भएको छ । आजबाट चार नेपाली चलचित्र हलहरुमा लाग्दैछन् । भोलिबाट प्रर्दशनमा आउन लागेको चलचित्रहरु ‘बितेका पल’, ‘पराई’, ‘६ एकान ६’‘योद्धा’ प्रदर्शनमा आएको छ ।
अहिलेका ब्यास्त चलचित्र निर्देशक सुरज सुब्बा नाल्बोद्धरा निर्देशित चलचित्र ‘बितेका पल’लाई यस वर्ष नेपाली चलचित्र मध्ये आसा गरिएको चलचित्र मानिएको छ । बलिउड चलचित्र ‘बर्फि’को सुटिङ भएको ठाउ दार्जिलिङको लोकेशन तथा कलाकारहरुको उत्कृट अभिनयका कारण यो चलचित्र दर्शकहरुमा निकै अपेक्षित चलचित्र बनेको छ । उता सफल चलचित्र ‘बाटो मुनिको फुल’को निर्माण गरेर लामो ग्यापपछि चलचित्रमा लगानि गरेका राजेश घतानीको चलचित्रमा बाबु बोगटी, केकी अधिकारी र नव नायक अभिनाश गुरुङको मुख्य भूमिका रहेको छ । चलचित्र ‘बितेका पल’ले दुई हप्ता अगाडि नै प्रिमियर गरेर चर्चा पाईरहेको छ । यो चलचित्र आजबाट देशभरका करिब ४० हलमा एक साथ प्रदर्शनमा आउन लागेको छ ।
उता नेपाली टेलिसिरीयलका कमेडियन स्टारहरुको चलचित्र ‘६ एकान ६’पनि भोलिबाटै प्रर्दशनमा आउने भएको छ । चलचित्र निर्देशक समाजका अध्यक्ष दिनेश डिसीले निर्देशन गरेको चलचित्र आजबाट ४८ वटा पर्दामा एकसाथ लाग्ने बताईएको छ । चलचित्र ‘६ एकान ६’ मा हास्य टेलिश्रङ्खलाका चर्चित कलाकारहरु दिपकराज गिरी, जितु नेपाल, केदार घिमिरे(माग्ने बुढा), सिताराम कट्टेल (धुर्मुस), सन्दिप क्षेत्री, शिवहरी पौडेल, र अभिनेत्रीको रुपमा निता ढुङ्गानाले चलचित्रमा अभिनय गरेकी छिन् ।
उता नेपाली चलचित्र क्षेत्रका स्व.वरिष्ठ निर्देशक शिव रेग्मिको दोस्रो अन्तिम चलचित्र ‘पराई’पनि भोलिबाटै प्रर्दशनमा आएको छ । चलचित्र वितरक तथा अभिनेता गोविन्द शाहीको चलचित्रमा दीपक कुमार शाही, कुन्ती शाही, गोविन्द शाही र कमल खड्काको संयुक्त निर्माणमा बनेको हो । चलचित्र ‘पराई’मा बसन्त सापकोटाको संगीत र शम्भु सापकोटाको छायांकन रहेको छ, भने विपिन मल्लको सम्पादन र हिमाल केसीको दन्द्ध रहेको छ । पूर्ण पारिवारिक ड्रामा लभस्टोरी चलचित्र ‘पराई’ मा निरज बराल, गोविन्द शाही, गरिमा पन्त र नन्दिता केसीको मुख्य अभिनय रहेको छ । साथै चलचित्रमा राजबल्लभ कोइराला र रेजिना उप्रेतीले अतिथि भूमिका निभाएका छन् । क्रियटिभ फिल्मस् क्रियशनको ब्यानरमा निमिर्त चलचित्र ‘पराई’ राजधानी लगायत देशका करिब ४० सिनेमा हलमा एकैसाथ प्रदर्शन आउने भएको ।

प्रतिक्रिया