Bisal Chautari Logo

चौतारी – मेलम्ची जोड्ने सडक छ बस छैन

- ११ आश्विन २०७१, शनिबार ०५:२९ मा प्रकाशित


nepal news melamchinepal news melamchi
विशाल चौतारी समाचार
मेलम्ची, २०७१, असोज ११ शनिवार । दसै सुरु भइसक्दा पनि सिन्धुपाल्चोक जिल्लाको दुई प्रमुख नगर क्षेत्र चौतारा र मेलम्चीलाई जोड्ने राजमार्गमा अहिलेसम्म बस सेवा सञ्चालन हुन सकेको छैन ।
अरनिको यातायात सेवा समिति र हेलम्बु यातायात सेवा समितिले महिनौा अगाडिदेखि बस सेवा सञ्चालन गर्ने प्रतिबद्धता जनाएका थिए । ती दुवै समितिको हानथाप र विवादका कारण बस सेवा सञ्चालन हुन नसकेको हो । छब्बीस किमि रहेको सो राजमार्ग निर्माण भइसकेको वर्षैा भइसकेको भएपनि बस सेवा सञ्चालन नहुादा ३० गाविस प्रत्यक्षरुपमा सो सेवाबाट वञ्चित भएका छन् ।

दुवै यातायातको मनपरितन्त्रका कारण यस क्षेत्रमा पर्ने ३० गाविसलाई असर पर्नुका साथै सदरमुकाम जानलाई चार पााच घण्टा लगाएर जानुपर्ने बाध्यता रहेको स्थानीय बासिन्दा पासाङ तामाङले बताए । यस सडक खण्डमा पूर्णरुपमा ग्राभेल तथा नाली निर्माण भई सवारीका लागि सहज भइसक्दा पनि नियमित बस सेवा सञ्चालन नहुनुलाई सो सडक निर्माणका अगुवा शिखरपुर गाविसका पूर्व अध्यक्ष इन्द्रप्रसाद दाहाल दुर्भाग्यपूर्ण भएको बताए । मेलम्ची, नवलपुर, चौतारा जोड्ने ग्राभेल सडक भएपनि बस नचलेकोमा मेलम्ची नगर विकास समितिका अध्यक्ष प्रकाश श्रेष्ठले दु:ख व्यक्त गरे ।

प्रतिक्रिया