Bisal Chautari Logo

खोटाङमा शब पोष्मार्टममा हुने अबैध रकम असुलीमा रोक

- ११ आश्विन २०७१, शनिबार ०४:४६ मा प्रकाशित


khotang news  extortion
विशाल चौतारी समाचार
खोटाङ, २०७१, असोज ११ शनिवार । जिल्ला अस्पताल खोटाङमा शवको पोष्टमार्टम गर्दा भैरहेको अबैध रकम असुलीमा रोक लगाएको छ । जिल्ला भित्र घटेका घटनामा मृतकको पोष्टमार्टम गर्नको लागि जिल्ला अस्पताल दिक्तेल ल्याउनुपर्ने भएपछि जिल्लामा ल्याईएका शबहरु पोष्टमार्टम गर्दा अबैध रकम असुल्न थालेको थालेपछि जिल्ला प्रशासन कार्यालय खोटाङले रकम असुलीमा रोक लगाईएको हो ।khotang news  extortion
अस्पतालमा खटिएका प्रहरी र शव चिरफार गर्ने स्वीपरले शव लिएर पोष्टमार्टम गर्न आएका स्थानीयबाट अबैध रकम लिने गरेको समाचार सार्वजनिक भएपछि प्रशासनले रकम असुलीमा रोक लगाएको जनाएको छ । शव परिक्षणको क्रममा मृतकका आफन्तबाट रकम लिन पाउने प्रावधान नभएकाले यसमा रोक लगाइएको प्रमुख जिल्ला अधिकारी गोबिन्द सापकोटाले बताए । जिल्ला अस्पतालमा खटिएका प्रहरी र स्वीपरले पोष्टमार्टम गरेवापत दुईदेखि पाँच हजारसम्म रकम असुली गर्ने गरेका थिए । उनीहरुले मागेको रकम नदिए शव पोष्टमार्टमको काम नै रोकिने भएपछि बाध्य भएर रकम दिनुपरेको सेवाग्राहीको भनाई छ । स्थानीयका अनुसार प्रहरी र स्वीपरले सामान्य अवस्थाको शव परीक्षण गर्दा २ हजार र सडेको अवस्थाको शव पोष्टमार्टमका लागि ५ हजार रुपैयाँ लिने गरेका थिए ।

प्रतिक्रिया