Bisal Chautari Logo

सोनीकाको ‘जवानी’ सार्वजनीक (भिडियो सहित)

- ३० पुष २०७०, मंगलवार ०६:५६ मा प्रकाशित


EXCLUSIVE Sonika-Lama Song  
विशाल चौतारी समाचार
काठमाडौं, ३० पुस ।
बलिउडमा मात्रै होइन, पछिल्लो समयमा नेपाली चलचित्र क्षेत्रमा पनि आइटम नम्बरको लहर राम्रै चलेको छ । यस्तै क्रममा राम्रो स्वरकी धनी गायिका सोनिक लामा पनि आइटम गीतप्रति लोभिएकी छन् । त्यसैले उनले नेपाली साङ्गीतिक क्षेत्रमै तहल्का मच्चाउने आइटम गीत सार्वजनिक गरेकी छिन् । ‘जवानीको लाली चढ्यो, पिरतीको खिल गढ्यो, काउकुति लाग्न थाल्यो मलाई’ बोलको आइटम गीत गायिका सोनीकाले विशाल चौतारी मार्फत वल्ड प्रियिमर गरेकी छिन् ।
भिडियो हेर्नुहोस्
‘सोनिकाको आइटम’ नामक एल्बममा समावेश गीत यो गीत मात्र होइन, गायिका सोनीकाले एल्बमका सबै गीत आइटम नम्बरका हुने बताएका छन् । उनले भनिन्–‘आइटम नम्बर केलाई भनिन्छ, थाहा छैन । तर मेरो विचारमा अहिले गतिलाई चलाउन भएपनि आइटमको खाचो छ ।’ यसअघि आधुनिक तथा पप गीत गाउँदै आएकी सोनिका भन्छिन्, ‘चर्चाका लागि आइटम नम्बर गाएकी हु ।’ म्युजिक भिडियो सार्वजनिक गरेपछि छोटो समयमै चर्चा बटुल्न सक्ने उनको दावी छ ।
यस आईटम गीतमा मोड्लिङ तर्फपनि निकै राम्रो रहेको छ । गायिका सोनीकाले मोडलको रुपमा सम्पदा, नरेश र बिनोदलाई लिएका छन् । दिपक खण्डले निर्देशन गरेको यस आईटम गितलाई रामेश्वर कार्कीले खिचेका हुन् । केदार नेपालीको म्युजीक तथा विकाश विक्कीको शब्द रहेको छ ।
सोनिकाको यो तेस्रो एल्बम हो । यसअघि आफ्नै शब्द र संगीतमा उनले ‘बेसहारा’ र कस्तो यो जीवन’ नामक एल्बम ल्याएकी थिइन् । तर ती एल्बमले खाशै चर्चा पाउन सकेन । आधुनिक तथा पप गीतको भीडमा सोनिकाको गीत हराउन पुग्यो । यो कुरा सोनिका पनि स्वीकाछिनर् । उनी भन्छिन्, ‘आधुनिक गीतमा प्रतिस्पर्धा चर्को छ । तर अहिलेसम्म नेपाली सांगीतिक क्षेत्रमा आइटमको लहर कमै मात्र छ । त्यसैले पनि एल्बममा आइटम नम्बर समेट्ने प्रयास गरेकी हु । म आफ्नो प्रयासमा सफल हुनेछु भन्ने विश्वास पनि छ ।’ हुन त चलचित्रका लागि आइटम नम्बर नयाँ रहेन तर एल्बमका सबै गीत नै आइटम समेट्ने भने सम्भवत : सोनिका पहिलो गायिका बनेकी छन् ।

प्रतिक्रिया