Bisal Chautari Logo

खोटाङमा चन्दा उठाएर सुत्केरीको ज्यान बचाइयो

- ८ आश्विन २०७१, बुधबार १७:४६ मा प्रकाशित


After collect donation, baby’s health good right now at Khotang
विशाल चौतारी समाचार
काठमाडौं, २०७१, असोज ०८ बुधबार । गाउलेको सहयोगमा खोटाङको राजापानी खाम्तेलकी एक सुत्केरी महिलाको ज्यान बचेको छ । चन्दा उठाएर जम्मा भएको खर्चमा टिचिङ अस्पताल काठ्माडौं पुर्‍याएपछि राजापानी–६ मापाचुलीकी २२ वर्षीया सुत्केरी यमुना खत्रीको ज्यान जोगिएको हो । अधिक रक्तश्राव र लामो सुत्केरी व्याथाबाट सिकिस्त बनेकी खत्रीलाई राजधानी लगायत बिदेशमा बस्ने खाम्तेलबासीको सहयोगमा हेलीकोप्टरमार्फत काठ्माडौं पुर्‍याएर उपचार गरिएको राजधानीमा बसोबास गर्दैआएका खाम्तेलका हेमराज कार्कीले बताउनुभयो ।

After collect donation, baby's health good right now at Khotang
                                                               अस्पतालमा उपचार गराइरहेकी यमुना । तस्बिर : हलेसी डेकोरको फेसबुकबाट

गाउबाट साउन–२६ गते दिक्तेल पुर्‍याइएकी यमुनालाई पेटको बच्चा मरिसकेको र शरीरमा रगत सकिसकेको भन्दै जिल्ला अस्पतालले रेफर गरेको थियो । हलेसी डेकोर चाबहिलका अध्यक्ष रहेका हेमराज, खाम्तेल बिकास मञ्चका उपाध्यक्ष भागवत आचार्य लगायतको पहलमा संकलन भएको रकमबाट श्रीमतीको सफल उपचार भएको श्रीमान राजन खत्रीले बताउनुभयो । खाम्तेलबासीको सहयोगमा चार्टर गरिएको हेलीकोप्टरबाट साउन–२७ गते अस्पताल पुर्‍याइएकी यमुनाको पेटबाट दोश्रो दिन शल्यक्रीया गरेर मृत शिशु निकालिएको थियो । अस्पताल लैजानु अघि उनलाई घरमा धामी झााक्री गर्दै राखिएको थियो ।
अस्पतालसम्म लैजाने पैसा नभएका कारण ज्यान जान लागेको सुत्केरी बचाउकालागि नेपाल बाहेक अष्ट्रेलिया, मलेसिया, साउदीअरव लगायतका देशमा पुगेका खोटाङबासीबाट समेत सहयोग जुटेको हेमराजले जानकारी दिनुभयो । २५ दिनसम्म अस्पतालमा राखिएकी युमनाको उपचारकालागि १ लाख ७८ हजार ५११ रुपैयाा खर्च जुटेको थियो । सुत्केरीको उपचार, बसाई, खानपान लगायतमा १ लाख ६३ हजार ९५६ रुपैयाा खर्च भयो भने १४ हजार ५५५ रुपैयाा बचत भएको छ । कमजोर पारिवारिक स्थिति बुझेर टिचिङ अस्पतालले यमुनालाई स्वास्थ्य परिक्षण र उपचारमा ४ लाख बढि छुट दिए । अष्ट्रेलियामा रहेका दिपक कार्की, मलेसियामा रहेका मिलन कार्की, साउदीअरबमा रहेका राजन कार्की समेतले सुत्केरीका लागि सहयोग पठाउनुभएको छ । ‘हामीले चाह्यौा भने मृत्युको मुखमा पुगेको बिरामीलाई पनि बचाउन सकिदोरहेछ,’ हेमराजले भन्नुभयो, ‘स्वच्छ मनले काम गर्ने हो भने सहयोग गर्ने मन भएका मान्छे कति रहेछन् कति ?’
कोष स्थापना गर्ने तयारी
खाम्तेल (राजापानी) बासीले सुत्केरी यमुनाको उपचार गरेर बााकी रहेको रकमलाई बढाएर एक लाखको आपतकालिन कोष स्थापना गर्ने तयारी गरेका छन् । आर्थिक अभावका कारण अस्पतालमा जान नसक्ने बिरामीको सहयोगकालागि आपतकालिन कोषको अवधारणा अघि सारिएको हो । कोषको रकम यमुनाजस्तो अप्ठ्यारो विपत्तीमा परेका बिरामीका लागि सहयोग गर्न खर्च गरिने कार्कीले जानकारी दिनुभयो ।

प्रतिक्रिया