Bisal Chautari Logo

दुई हलिउड अभिनेता फिल्म सुटिङका लागि काठमाडौं

- ३० पुष २०७०, मंगलवार ०८:१९ मा प्रकाशित


विशाल चौतारी समाचार
काठमाडौं, ३० पुस ।
हलिउड चलचित्र सुटिङका लागि दुई चचिर्त अभिनेताहरु ज्याक गिलेनहाल र जोस ब्रोलिन सोमबार साँझ सगरमाथाबारे निर्माण हुन लागेको चलचित्रका लागी काठमाडौंमा आइपुगेका छन् ।
सरकारी अधिकारीको भनाई उदृत गर्दै समाचार संस्था एएफपीले समाचार लेखेको छ । एभरेस्टमाथिको बेस्टसेलर पुस्तक ‘इन टु थिन एयर’माथि फिल्म निर्माण हुन लागेको बताइएको छ । काठमाडौंको एक पाँचतारे होटलमा यी दुई अभिनेता बसेको जनाइएको छ । तर होटलको नाम भने उल्लेख छैन । चलचित्रले सन् १९९६ मा सगरमाथा आरोहणबारेको एक संघर्षपूर्ण कथा पेश गर्छ । बाल्टासार कोर्माकुरले चलचित्र निर्देशन गर्दैछन् । आरोहणका क्रममा ठूलो आँधी आउँदा आठजनाले ज्यान गुमाएकोबारे चलचित्र बन्न लागेको हो । सेन्सर बोर्ड प्रमुख तथा संचार मन्त्रालयका प्रवक्ता उमाकान्त पराजुलीका अनुसार यो हलिउड सिनेमाले छायांकनका लागि गत शुक्रबार अनुमति पाएको थियो । दुई साताका लागि हिमालय क्षेत्रमा छायांकनका लागि अनुमति दिइएको छ । यसैसाता बेलायती पत्रिका गाजिर्यनमा छापिएको समाचारका अनुसार गिलेनहालले अमेरिकी आरोहण दलका प्रमुख स्कट फिसरको भूमिकामा अभिनय गर्दैछन् ।

प्रतिक्रिया