Bisal Chautari Logo

‘एउटा साथी’ कात्तिकमा (फोटो फिचर)

- ८ आश्विन २०७१, बुधबार ०१:४१ मा प्रकाशित


eauta sathi nepali movie
विशाल चौतारी समाचार
काठमाडौं, २०७१, असोज ०८ बुधबार । संचारकर्मी लक्ष्मण सुवेदीको पहिलो निर्देशनमा बनेको चलचित्र ‘एउटा साथी’को प्रदर्शन मिति तय गरिएको छ । हिजो काठमाडौ बागबजार स्थीत सिटी म्याक्स हलमा एक औपचारीक कार्यक्रमको आयोजना गरी यो चलचित्रले कात्तिक १४ गतेबाट आफ्नो अन्तिम प्रदर्शन मिति तोकेको छ । eauta sathi nepali movie
कार्यक्रममा सिनेमाको प्रदर्शन मिति सार्वजनिक गरेसंछै दुई गीतलाईपनि पत्रकारहरु सामु देखाइएको थियो । अनु शाह र जोन तामाङले अभिनय गरेको ‘खाली खाली थियो मन’ र सलोन बस्नेत र रिस्ता बस्नेतले अभिनय गरेको ‘सितल पवनलाई’ बोलको गीत सार्वजनिक गरिएको थियो । अभिनेत्री रिस्ता बस्नेत अभिनेताद्धय सलोन बस्नेत र जोन तमाङले सिनेमामा काम गर्दाको अनुभव सुनाए । उता निर्देशक सुवेदीले आफ्नो तर्फबाट सक्दो मेहनत गरेर राम्रो सिनेमा बनाउने कौशिस गरेको बताए । सुशिल पंगेनीको लेखन, गणेश कुमार श्रेष्ठको छायांकन, टंक बुढाथोकीको संगीत, राजेन्द्र खड्गीको दन्द्ध निर्देशन रहेको सिनेमामा राम खनालको लगानी छ । सिनेमाले माया, प्रेम र मित्रताको कथा बोकेको छ ।

[gss ids=”5652,5654,5653,5659,5658,5656,5655,5660,5657″]

Salon Basnet, Anu Shah, Rishta Basnet, Sishir Bhandari .

प्रतिक्रिया