Bisal Chautari Logo

राई इज किङ फेरि अमेरिका जार्दै || ७ स्थानमा कार्यक्रम तय

- ७ आश्विन २०७१, मंगलवार ०७:३० मा प्रकाशित


rajesh payal rai (Rai is king) – USA Rour 2014
विशाल चौतारी समाचार
काठमाडौं, २०७१, असोज ०७ मंगलबार । नेपाली पाश्र्व गायन तथा आधुनिक गायनका नम्बर एक गायक राजेश पायल राई फेरि आफ्नो साङगीतिक वल्ड टुरलाई निरन्तरता दिदै अमेरिकामा भब्य कन्सर्ट गर्न जाने भएका छन् । सेप्टेम्बर अििम सातादेखि करिब २ महिना सम्मको अमेरिकी भ्रमणमा अमेरिकाका विभिन्न राज्यहरुमा राई इज किङले साङगीतिक प्रस्तुती दिनेछन् । rajesh payal rai (Rai is king)
आयोजकले बताए अनुसार अमेरिकाका विभिन्न राज्यका सात वटा सहरहरुमा गायक राईले प्रस्तुती दिने पक्का भइसकेको छ । उक्त कार्यक्रम अनुसार सेप्टेम्बर २७, २०१४ मा ग्रीन्स्बोरो – नर्थ क्यरोलाइना, २८ सेप्टेम्बर मा नेसभिल – टेनिसी, ओक्टोबर ५ मा फार्गो – नर्थ डाकोटा, ओक्टोबर ११ मा स्कार्नतोन – पेन्सिलभेनिया, ओक्टोबर १२ मा ईरी– पेन्सिलभेनिया, ओक्टोबर १८– कोलोराडोको डेन्भर सहरमा राई इज किङलाई भव्य स्वागत गर्न स्थानीय प्रवासी नेपालीहरु लागि परिरहेको बताइएको छ । यसै गरी नोवेम्बर १ मा लेन्सिङ मिचिघानमा पनि उनले प्रस्तुति दिने कार्यक्रम तयार भएको आयोजकले बताएको छ । अझै अन्य अमेरीकाको सहरहरुमा पनि कार्यक्रम गर्ने विषयमा कुराकानी भइरहेको गायक राईले विशाल चौतारी डटकमलाई बताए ।
केही महिना अगाडी अमेरीका भ्रमणमा समय अभावका कारण दर्शकहरुको माग अनुसार कार्यक्रम गर्न नसकेकाले समयलाई मिलाएर दर्शकको माग अनुसार आफू अमेरिका जान लागेको गायक राईले बताए ।

प्रतिक्रिया